काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रको आलोचना गरेका छन्। उनको घोषणापत्र राजनीतिक दस्तावेज नभएको बताए।

‘कांग्रेसको घोषणापत्र कुनै राजनीतिक दस्तावेज होइन। त्यसलाई राजनीतिक दस्तावेजको दर्ता दिन सकिँदैन। पागलहरूको प्रलाप हो त्यो,’ मंगलबार मनमोहनको २३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने।
घोषणापत्रमा मुख छाड्ने, गाली गर्ने, तथानाम बोल्ने बाहेक केही पनि नभएको ओलीको भनाइ छ। ‘कसरी राजनीतिक दस्तावेज हुन्छ? केही नै छैन। जम्माजम्मी धारेहात लगाएको छ। एमाले, एमाले, पाँच वर्ष खेर गयो आदि इत्यादि,’ उनले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया !