हेटौंडा । प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुजा सिंहले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकि छिन् ।

बागमती प्रदेश प्रहरी प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक पुजा सिंहले आफ्नो पदभार ग्रहण गरेकी हुन । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७९ वैशाख ०९ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक सिंहको बागमती प्रदेश प्रहरी कार्यालयमा हेटौंडा सरुवा भएको थियो ।


तत्कालिन बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाश कार्कीको सरुवा गरेर उनको ठाउँमा पुजा सिंहलाई पदस्थापन गरिएको थियो ।

डीआईजी पुजा सिंहले बागमती प्रहरी प्रदेश हेटौंडा पुगेर सोमबारदेखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेकी हुन् । डीआईजी पुजा सिंहलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक,प्रहरी नायब उपरीक्षक लगायतका प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !