काठमाडौं । प्रहरीले ७५ एम्पुल लागूऔषधसहित कोटेश्वरबाट एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३२ वर्षीय मुकुन्द केसी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २५ एम्पूल डाइजेपाम, २५ एम्पूल फेनेरगन र २५ एम्पूल नूफिन तथा स्कुटर बरामद गरेको छ ।
पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !