चितवन । नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् ।

उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गतेलाई सरकारले मिति तय गरेको छ ।
