सिराहा । अवैध रुपमा ल्याउँदै गरेको ठुलो परिमाणमा चाँदीका गरगहना सहित एक जना भारतीय युवक पक्राउ परेका छन् । भन्सार छलेर ल्याएको ठूलो परिमाणको चाँदीका गहना सहित भारतको मधुवनी जिल्लाको रोगनीदेहट टोल हरिनगर १ बस्ने सुरज कामतको छोरा अ.वर्ष २१ को चन्दन कामतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

शंका लागी चेकजाच गर्दा सेतो हरियो गम्छालाई सिलाई गरी थैलो बनाई कम्मरमा बाँधि लुकाई छिपाई अबैध रुपमा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा फेला पारि उक्त थैलो खोली हेर्दा लुकाएर राखेको अवस्थामा चाँदीका गहना बरामद भएको प्रहरीले जनाएको छ ।
उनको साथबाट १ सय ३७ तोला चाँदीको गरगहना सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी तिमिल्सिनाले जानकारी दिए ।
चाँदीको गरगहना र मानिससहित पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय ठाडी बुझाएको सिराहा प्रहरीले जनाएको छ ।

















