काठमाडौं । पल्सर मोटरसाइकल बढी चोरी हुने गरेकोमा पछिल्लो पटक स्कुटर चोरी पनि बढेको छ । प्रहरीले काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने गुनासो प्राप्त भएपश्चात ‘अप्रेसन बाइक हन्ट’ सञ्चालन गरेको थियो ।

त्यस अप्रेसनलाई निरन्तरता दिने क्रममा २०७९ बैशाख ७ गते प्रहरी बृत्त स्वयम्भूबाटबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा १ वटा स्कुटरसहित चोरीमा संलग्न अरुण नेपाली नामक ब्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरेको थियो ।
अनुसन्धानको बिविध बिधि र प्रविधिको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा अरुण नेपालीको गिरोहका ब्यक्तिहरुले काठमाडौंका बिभिन्न स्थानबाट चोरी गरी ल्याएका स्कुटर लुकाई छिपाई राखेका भन्ने तथ्य खुल्न आएको थियो ।तत्पश्चात प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीद्वारा बैशाख ८ गते काठमाडौं महानगरपालिका वडा नं १५ चौमतीस्थित सडकखण्डबाट स्कुटर चोरीमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा काभ्रे धुलिखेल नगरपालिका वडा न ११ घर भएका १८ बर्षीय अरुण नेपाली, धादिङ्ग निलकण्ठ नगरपालिका वडा न १० सिम्ले ज्यामरुङ घर भई हाल क्षेत्रपाटी बस्ने १८ बर्षीय प्रदीप नेपाली, काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवी घर भएका १४ बर्षीय रामसुन्दर मानन्धर, काभ्रे नमोबुद्ध नगरपालिका वडा न ६ रोशीखोला घर भई हाल नरदेवी बस्ने १८ बर्षका बिबेश लामा र दाङ सिसामिया घर भई हाल डल्लु बस्ने १८ बर्षका सूर्य परियारलाई नियन्त्रणमा लिइएको प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

















