सुभाष सरहान यादव
काठमाडौँ । नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज एक कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले घोषणापत्र सार्वजनिक गर्दै आफ्ना जनप्रतिनिधि शासक नभई जनताको सेवक भएको उल्लेख गरेको छ । यस्तै, एमालेका जनप्रतिनिधिले कुनै भ्रष्टाचार नगर्ने जनाएको छ ।
कार्यक्रममा एमालेका विभिन्न नेताहरुले सम्बोधन गरेका छन् ।
आज १७ जना योद्धालाई एमालेले सम्मान गर्ने कार्यक्रम समेत रहेको थियो ।साथै एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय पनि आजै च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा सारेकोे छ। थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय साँघुरो भएकाले स्थानान्तरण गरिएको एमालेले जनाएको छ।

















