काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शुक्रबार आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !