दमौली । जिल्लाको ऋषिङ गाँउपालिका–१ झापुटारस्थित तनहुँ हाइड्रोपावरमा कार्यरत कर्मचारीले हाइड्रोपावरकै पेट्रोल पम्मबाट डिजेल चोरी गरेका छन् । हाइड्रोपावरमा कार्यरत ४९ वर्षीय साबिजंग तामाङ र २३ वर्षीय देवन थापा मगरले पम्मबाट एक हजार लिटर डिजर चोरी गरेका हुन् ।

स्थानीय ३६ वर्षीय कृष्णबहादुर रानाभाट र २१ वर्षीय भीमबहादुर थापाको सहयोगमा एक हजार लिटर डिजल ४ वटा ड्रममा भरी लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
ग १ त ६५०६ नम्बरको टयाक्टरमा लोड गर्दै गर्दाको अवस्थामा नियन्त्रणमा लिइएको डीएसपी युवराज खड्काले जानकारी दिए । विशेष सूचनाको आधारमा घटनास्थलबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए ।उनीहरुलाई जिल्ला अदालत तनहुँमा उपस्थित गराई १० दिनको म्याद थपिएको र अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

















