काठमाडाैं । तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन् ।

श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिने लगायत समस्या बढ्दै गएकाे भन्दै नेपाल पत्रकार महासंघले धर्ना दिएकाे हाे ।
उनीहरूले पत्रकार दिपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली, न्यूनतम पारिश्रमिक तत्काल लागु, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन्।

















