काठमाडौं । विवेकशील साझा पार्टीले टोखा नगरपालिकाको मेयर पदमा लक्ष्मणराज सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।

२०२३ सालमा नुवाकोटको शिवपुरी गाउँपालिकामा जन्मिई २०४२ सालदेखि टोखा नगरपालिका वडा नं. ११ मा स्थायी बसोबास गर्दै आएका सिटौला कृषि पेशासँग आवद्ध छन् ।एम.ए., एल.एल.बी. अध्ययन गरेका सिटौलाले नेपाल वायु सेवा निगममा ३३ वर्ष प्रशासनिक कार्य गरी उपसचिव स्तरबाट दुई वर्ष अघि राजीनामा दिएका थिए ।
विभिन्न पत्रपत्रिकामार्फत सिटौलाका लेख रचना प्रकाशित छन् । सिटौलाका २३ वटा साहित्यिक कृति प्रकाशित छन् भने दुई वटा चलचित्र निर्माण भएका छन् ।
सिटौलाको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ उनलाई टोखा नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा अघि सारेको विवेकशील साझा पार्टीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !