Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हुण्डीको विगविगी : हुण्डी न्यूनीकरणमा राज्यले चाल्नुपर्ने कदमहरु


हुण्डीको विगविगी : हुण्डी न्यूनीकरणमा राज्यले चाल्नुपर्ने कदमहरु

काठमाडौं ।  नेपालमा पछिल्लो समय अवैध रुपमा हुण्डीको कारोवार बढ्दै गएको छ । यसरी अवैध रुपमा हुण्डीको कारोवार बढ्दा यसको असर अर्थतन्त्रमा नराम्रोसँग परेको छ ।

अवैध कारोवार र हुण्डी फस्टाएका कारण औपचारिक माध्यमवाट विप्रेषण नआएको कारण देशको बाह्य कारोवारमा चालू खाता घाटा आर्थिक वर्षको पहिलो ७ महिनाको १०४ अर्वको तुलनामा ४ गुणाले बढेर ४ खर्ब १४ अर्ब पुगिकेको छ । अहिले ८ महिनामा नै यो घाटा कुल गार्हस्थ उत्पादनका १० प्रतिशत पुग्ने देखिएको अवस्था छ । देशको समग्र बाह्य कारोवारको भुक्तानी असन्तुलन भयावह हुँदैछ ।

के हो हुण्डी ?

सरकारी तथ्यांकमा नआउने गरी व्यक्तिगत सम्पर्कका आधारमा अनौपचारिक माध्यमबाट भित्रिने रकम नै हुण्डी हो । हुण्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट कुनै पनि देशमा पैसा पठाउन हुण्डीका एजेन्टले आफ्नो एजेन्टलाई खबर गरेर एजेन्टमार्फत कारोबार गर्ने गर्दछन् । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानल पयोग नगरी व्यक्ति वा दलालहरुमार्फत पैसा पठाउने कार्य दण्डनीय कार्य हो । कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपनि यसको कुनै प्रमाण हुँदैन, जसले गर्दा हुण्डी विश्वाशीलो र भरपर्दो मानिँदैन ।
अर्थतन्त्रमा हुण्डीको असर

हुण्डीबाट रेमिट्यान्स नै आएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले यो राष्ट्रिय अर्थतन्त्रको रेमिट्यान्समा गनिँदैन । जसले गर्दा सरकारी कोषमा विदेशी मुद्रा आएको तथ्यांक देखिँदैन । व्यक्तिको घर परिवारले रकम पाएको भएपनि औपचारिक च्यानलबाट नआएको हुँदा गणना र तथ्यांकमा यसले असर गर्दछ । त्यसका साथै अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको संचिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसाय बढाउँछ ।

हुण्डी कारोबार गर्दाका हानीहरु

हुण्डीबाट गरिएको कारोबार अवैधानिक हो । त्यसैले यो दण्डनीय छ । नेपालमा हुन्डी कारोबारको अनुसन्धान गर्ने प्रमुख निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हो । हुण्डी कारोबार गरेको थाहा पाएमा विभागले कारबाहीका प्रक्रिया अघि बढाउँछ । हुण्डीमार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हुन पनि सक्छ । आफूूले रकम पठाएको एजेन्ट पक्राउ पर्न पनि सक्छ । यी विविध डर सँधै भइरहन्छन् । जबसम्म आफन्तको हातमा पैसा पुगेको खबर पाइँदैन तबसम्म पैसा पठाउनेलाई चिन्ता भइरहन्छ । अबैधानिक कार्य भएको हुँदा हुण्डी मार्फत गरिएको कारोबारले देशमा कर छलि जस्ता अपराधिक गतिविधि बढाउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर गराउँदछ ।

धमाधम पक्राउ पर्दै हुण्डी कारोबारी

पछिल्लो समय हुण्डी कारोबार संलग्न धमाधम पक्राउ परेका छन् । एको फागुनमा मात्रै नेपाल प्रहरीले रु एक करोड ५० लाख नगदसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको थियो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न काठमाडौँ महानगरपालिका–१९ टङ्केश्वरीका २४ वर्षीय बिक्की खड्की र भारत पश्चिम बङ्गालका ३२ वर्षीय अमितकुमार अग्रवाललाई २०७८ फागुन २२ गते गरेको हो ।

ताहचलमा डेरा गरी बस्ने अग्रवालले काठमाडौँको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गरगहनाको होलसेल कारोबार गरी बस्ने अग्रवाललगायत व्यक्तिले राजस्व छली गैरकानूनी रूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ खड्गीले कालीमाटीस्थित जीवनदृष्टि बहुउद्देश्यीय सहकारी संस्थाबाट रु ५० लाख ल्याएर अग्रवाललाई दिएपछि अग्रवालको कोठा तलासी गर्दा रु एक करोड ५० लाख फेला परेको प्रहरीको भनाइ छ ।

यहि चैत २८ गते मोरङ विराटनगर महानगरपालिका–१५ रानी सिमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त स्रोत नखुलेको भारतीय रुपैँया सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यि त केहि प्रतिनिधिमूलक घटना मात्रै हुन् । तर हुण्डि कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दैनिक जसो पक्राउ गर्दै आएको छ ।

हुण्डी रोके विप्रेषण बढ्छ ?

यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३.० प्रतिशतले घटेको छ । कोरोनाको कारण विश्व अर्थतन्त्रमै आएको गिरावटमा यो स्वभाविक छ । तर, हाम्रो सन्दर्भमा कुराको विट यही मार्न सकिन्न । पहिलो, बैदैशिक रोजगारीमा गएकालाई विदेशी मुद्रा भित्र्याउन खासै उत्प्रेरणात्मक योजना जारी गर्न सकिएको छैन ।

दोस्रो, जुन जुन मुलुकमा नेपाली कामदार पुगेका छन्, ती मुलुकसँग नेपाल सरकारले विदेशी मुद्रा भित्र्याउने गरी समझदारीपत्रमा हस्ताक्षर गर्न सकेको छैन । तेस्रो, नेपाली नै विदेशमा पुगी हुण्डीको कारोवार गरिरहेका छन् र तिनलाई कानूनी कठघरामा ल्याउन सकिएको छैन । यी काम गर्न अनिवार्य छ । जसले विप्रेषण घट्नबाट जोगाउने कुरामा शतप्रतिशत ग्यारेण्टी छ ।

हुण्डीबाट देशलाई के घाटा छ ?

  • आयातको पहिलो चरणमा समानको उचित मूल्याङ्कन हुन नपाएर कर चुहावट भई आर्थिक नोक्सानीको सुरुवात त्यहीँबाट हुन्छ । ब्यापारीलेसमान विक्रि वितरण गर्दा वास्तविक मुल्यमा नाफा जोडेर गर्ने तर सो विक्रीको भ्याट बिल नकाट्ने गरेको पाइन्छ । भ्याट बिल काटे पनि कम भन्सारको मूल्यांकनका कारण कम मुल्यमा काट्नाले भ्याट चुहावटमा देशलाई आर्थिक नोक्सानी हुन्छ । 
  • न्युन विजिकरणको कारणले शुरुवात भएका यस्ता ब्यापारिक अपराधहरुले उत्पादन, वितरण, उपभोग तथा बैकिंग संयन्त्र जस्ता ब्यापारका सम्पुर्ण सञ्जालमा समेत नराम्ररी असर गरिरहेका हुन्छन् । 
  • हुण्डी गैरकानुनी ब्यापार रहेकोले सो ब्यापारमार्फत आयातित बस्तुहरुको बास्तविक तथ्यांकमा आउन नसकी विदेशी नीति निर्धारण तथा कार्यान्वन्यनमा अपठ्यारो हुन्छ ।
  • हुण्डीको बिकल्पको रुपमा मान्छेले विभिन्न किसिमका जाली प्रज्ञापनपत्र प्रयोग गरी बैंकलाई ठगी गरी विदेशी मुद्रा अपचलन गर्ने, एटीएम कार्डको दुरुपयोग लगायतका वित्तीय आतंक खडा गरी बैंकिङ प्रणालीमा नै समस्या खडा हुने गरेको देखिन्छ ।
  • हुण्डी सम्पुर्ण कारोबजारीलाई प्रोत्साहन गर्ने माध्यम रहेको हुनाले देशमा वित्तीय अस्थिरता हुन गई देशको आर्थिक पहिचान अन्तराष्ट्रिय क्षेत्रमा जोखिममा पर्न सक्ने हुन्छ ।
  • यस्ता वित्तीय आतंकबाट बच्नका लागि राष्ट्र बैकले विभिन्न नीति नियम लागु गर्ने गरेको छ । यसले गर्दा उचित कारोबारमा समेत अनावश्यक झन्झट हुन गई उचित कारोबार गर्ने ब्यापारीको मनोबल खस्कने हुन्छ र उचित कारोबार गर्ने ब्यापारी पनि हुण्डीको बाटो अपनाउन बाध्य देखिन्छ । 
  • हुण्डीका बिकल्पका रुपमा सुन तस्करी ब्यापक रुपमा हुने गरेको पाईन्छ । नेपालमा तेस्रो मुलुकबाट आयातित सुन भारतमामा गैरकानुनी रुपमा निर्यात हुने गरेको देखिन्छ ।

हुण्डी न्यूनीकरणमा राज्यले चाल्नुपर्ने कदमहरु

हुण्डी ठूूलठुला सरकारी अधिकारी, ब्यापारीक फर्महरु, राजनीतिक नेताहरु लगायतका सहयोगबाट संचालन हुने गरेको छ । त्यसैले, यो बन्द गराउनु निकै चुनौतिपूर्ण कार्य हो । तापनि तपशीलका केही वित्तीय साधन प्रयोग गरी नियन्त्रण भर्ने गर्न सकिने देखिन्छ । 

  • भन्सारमा आयत हुने बस्तुका खरिद गरेका मुल्यमै भन्सारदर कायम गराउने रणनितिको ब्यवस्था, कार्यान्वन्यन तथा नियन्त्रण गर्ने ।
  • भन्सारका दरमा केही कटौती गरी ब्यापारीहरुलाई सम्पूर्ण कारोवार कानुनी बाटो अपनाई गर्नका लागि प्रोत्साहन गर्ने ।
  • भन्सारका कर्मचारी, भन्सार अभिकर्ता, ब्यापारी लगायतका अधिकारीहरुलाई विशेष निगरानीका साथ दुरुस्त नीति नियमहरु पालन गर्न गराउनमा प्रोत्साहन तथा कारबाहीको ब्यवस्था बनाई कार्यान्वयन गर्ने ।
  • हरेक ब्यापारीको आयात भएका बस्तुहरुका मौज्दात विल भौचर अनुसार भए नभएको नियमित अनुगमन गरी उचित उपचारको समेत बन्दोवस्त गर्ने ।
  • देशका हरेक ठाउँहरुमा हुण्डी ब्यापार गरी बसेका आर्थिक माफियाहरुको सूचना लगभग सबै सम्बन्धित निकायसँग भएकै हुन्छ । ती माफियाहरुलाई कानुनी दायराभित्र ल्याई कारबाही गर्ने ।
  • हुण्डीका कारोबार गर्नेमा सहयोग गर्ने सरकारी कर्मचारी, नेता, ब्यापारिक फर्महरु, सहयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने ।
  • हरेक ब्यापारीलाई लेखा साक्षरता, कर साक्षरता र बैकिंग साक्षरता लगायतका चाहिने ज्ञानको लागि नेपाल सरकारद्वारा शिक्षाको ब्यवस्था गरी सरल कर प्रणाली अवलम्बन गर्ने ।

समग्रमा भन्ने हो भने, हुण्डी देशको लागि अत्यन्तै घातक संजाल हो, जसले देश र जनताको हरेक आर्थिक क्रियाकलापमा नराम्ररी असर गरिरहेको हुन्छ । हुण्डीको जन्म भन्सारको न्युनविजिकरणवाट हुन्छ, जसलाई रोक्नु राज्यको दायित्व हो । नत्र यसले आर्थिक कारोबार संचालन गर्ने अधिकांश ब्यक्ति तथा निकायहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्पति शुद्धिकरणको घेराभित्र पार्ने खतरा रहिरहन्छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh