Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बैंकले ऋण नदिँदा वीरगन्ज नाकामा थुप्रिए सवारी साधन, गुम्यो राजश्व

बैंकले ऋण नदिँदा वीरगन्ज नाकामा थुप्रिए सवारी साधन, गुम्यो राजश्व

पर्सा । वाणिज्य बैंकहरुले निजी सवारीसाधनमा ऋण लगानी बन्द गरेपछि वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा नयाँ सवारी साधन थन्किएका छन् । चौकीमा बिहीबारसम्म करिब ८ सयको संख्यामा जिप, कार, भ्यान, बस, ट्रक र टिपरका चेसिस थन्किएका हुन् ।  आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीका अनुसार दुई सातायता यो नाका भई भित्रिने नयाँ सवारी साधनको जाँचपास करिब बन्द छ ।

दैनिकजसो चौकीको यार्डमा नयाँ सवारी साधन थपिने क्रम जारी छ । ‘विगतमा यो नाका भएर भित्रिने ३ देखि ४ सय वटा नयाँ सवारी साधन नियमितजसो चौकीको यार्डमा हुन्थे,’ उनले भने, ‘हाल भने यो संख्या दोब्बर हुन पुगेको छ, दैनिक नयाँ सवारी साधन थपिने क्रम जारी छ ।’ जाँचपास नभएर नयाँ सवारी साधन थपिने मात्रै गरेकाले चौकीको मुख्य यार्ड भरिएर अब चौरमै यस्ता सवारी साधन पार्किङ्ग गरेर राख्न थालिएको ज्ञवाली बताउँछन् । चौकी परिसरमा रहेका सवारी साधनमध्ये बस, ट्रक, टिपरका चेसिस भारतबाट आयातित हुन् भने जिप, कार, भ्यान भारत र तेस्रो मुलुकबाट समेत आयातित छन् ।

हाल चौकी परिसरमा रहेका करिब ८ सय यस्ता सवारीमध्ये ५ सयको संख्यामा टाटाको बस, ट्रक, टिपरका चेसिस रहेको ज्ञवालीले जानकारी दिए । यस बाहेक अशोक लेल्याण्डको पनि चेसिस छन् । हुन्डाइ, टोयोटा, निशान आदि ब्राण्डका जिप, कार, भ्यान पनि छन् । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार, एकीकृत सुरक्षा जाँच चौकीमा मात्र नभई भारततर्फ पनि नेपाली आयातकर्ताले ल्याएको करिब १ हजारको संख्यामा यस्ता सवारी साधन अड्किएका छन् । काठमाडौंका सोरुममा राख्दा महँगो भाडा तिर्नुपर्न भएकाले अधिकांश आयातकर्ताले बुक भएको गाडीको रकम पाएपछि मात्रै सवारीसाधन काठमाडौं लैजाने गरेका छन् ।

‘अधिकांश आयातकर्ताले आफूले सवारी साधन सिधै नेपाल भित्र्याएर भन्सार यार्डमा राख्दा शुल्क लाग्ने भएकाले पहिले सीमावर्ती भारतीय सहर रक्सौल र त्यसको आसपासका गाउँमा गोदाम गरी राख्ने गरेका छन्, नेपालमा ग्राहकले नगद भुक्तान गरिसकेपछि मात्र आयातकर्ता कम्पनीले त्यस्ता सवारी साधन जाँचपास गराई लग्छन्,’ पौडलले भने, ‘विगतमा कहिल्यै यसरी सवारी साधनको आयात नरोकिएकोमा हाल बैंकहरुले अटो तथा हायर पर्चेजका लागि ऋण दिन बन्द गरेकाले आयातकर्ताले नगद पाएनन् र सवारी साधन जाँचपास हुनै बन्द भएको हो ।’ केही महिनादेखि नै बैंकहरुमा तरलताको चरम अभाव भएपछि सवारीसाधनमा ऋण दिन छाडेका छन् ।

नेपालमा सवारी साधन खरिद गर्ने कुल ग्राहकमध्ये २० प्रतिशतले मात्र डाउन पेमेन्ट र बाँकी ८० प्रतिशतले बैंक लोन मार्फत सवारी साधन खरिद गर्ने गरेकोमा हाल आएर बैंकले नै लोन नदिएपछि नयाँ सवारी साधन बिक्री नै घट्नु स्वाभाविक रहेको पौडेल बताउँछन् ।

नयाँ सवारी साधन जाँचपास नहुँदा त्यसको असर वीरगन्ज भन्सारले संकलन गर्ने राजश्वमा पनि प्रत्यक्ष रुपमा पर्ने पौडेल बताउँछन् । ‘चैत महिनामा वीरगन्ज भन्सारले लक्ष्यको ९२ प्रतिशत मात्र राजश्व संकलन गर्न सक्यो,’ उनले भने, ‘यो सवारी साधन जाँचपास नहुँदाकै असर हो, वीरगन्ज भन्सारले संकलन गर्ने कुल राजश्वमा करिब ३० प्रतिशत योगदान नयाँ सवारी साधनको जाँचपासबाट संकलन हुने राजश्वकै हुने गर्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh