Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धानको कन्टेनरमा चिनी तस्करी, भन्सारले फेर्‍यो जाँच पासको लेन

धानको कन्टेनरमा चिनी तस्करी, भन्सारले फेर्‍यो जाँच पासको लेन

काठमाडौं । सर्लाहीको मलंगवा भन्सारमा २४ चैतमा भारतबाट एउटा कन्टेनर भित्रियो । भन्सार जाँचपासका लागि भनेर आएको कन्टेनरबारे भन्सारमा बुझाएको विवरणमा सर्लाहीका पुरुषोत्तम घिमिरेको फर्मले धान आयात गरेको उल्लेख थियो ।

तर भन्सारका कर्मचारीलाई कन्टेनरमा धान कसरी आयो भनेर खुल्दुली भयो । किनकी यसअघि मिलले भारतबाट खुला ट्रकमा नै धान ल्याउने गरेका थिए ।

सर्लाहीको भन्सार नाकाबाट केही मिलले भारतबाट धान भित्र्याउने गरेको भन्सार कार्यालय प्रमुख मुरारी काफ्ले बताउँछन् । ‘मिलहरुले आयात गर्ने धान खुल्ला ट्रकमा हुन्थ्यो मिलको नाममा धान आयात हुन्थ्यो’ काफ्लेले भने ‘तर, भन्सार बिन्दुमा आइपुगेको कन्टेनरमा धानको भन्सार घोषणा भयो ।’

काफ्लेका अनुसार मालिककै उपस्थितिमा कन्टेनर खोल्ने निर्णय भन्सारले गर्‍यो । तर मालिक ३ दिनसम्म उपस्थित नै हुन मानेनन् । चौथो दिन आए । फर्म सञ्चालक घिमिरेको उपस्थितिमा कन्टेनर खोल्दा केही बोरा धान र भित्र ठूलो परिमाणमा चिनी भेटियो ।

‘बाहिर देखाउन ८/१० बोरा धान र बाँकी कन्टेनर भित्र फल्स बटम बनाएर चिनी ल्याइएको रहेछ,’ काफ्लेले भने । आयातकर्ताकै अगाडि खोलेर हेर्दा कन्टेनरमा ५० किलो दरका २ सय बोरा चिनी कन्टेनरमा भेटिएको थियो ।

कन्टेनरमा एक एक सय बोरा अट्नेगरी चालकको पछाडिको भागमा फल्स बटम बनाएको पाइएको भन्सार कार्यालय मलंगवाले जनाएको छ ।

५३ प्रतिशत कर छल्न फल्स बटम

भन्सार कार्यालय मलंगवाकाअनुसार पक्राउ परेको कन्टेनरले बोकेको चिनीको हालको बजार मूल्य १० लाख रुपैयाँ बराबर छ । सरकारले चिनीमा ४० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट महसुल लगाउँछ ।

मानौं, भारतमा ४० रुपैयाँको चिनी किनेर भन्सारबाट ठिक तरिकाले भित्रिए त्यसमा १६ रुपैयाँ भन्सार महशुल र ५ रुपैयाँ २० पैसा गरी २१ रुपैयाँ २० पैसा अतिरिक्त शुल्क लाग्छ ।

प्रतिकिलोमा यस्तै सरकारी दस्तुर छली गर्न व्यापारीहरुले भन्सारमा चिनी आयातमा बदमासी गर्छन । किनकी धानमा कृषि सुधार शुल्क भनेर जम्मा ९ प्रतिशत मात्रै शुल्क लाग्छ । मलंगवामा भएको प्रकरणमा पनि ५३ प्रतिशत कर छल्न ९ प्रतिशत कर तिरे पुग्ने धानको नाममा चिनी भित्र्याइएको थियो ।

के धानको भन्सार तिरेर चिनी भित्रिरहेको छ ?

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. हरिबहादुर केसीले मलंगवाको घटनालाई चामलको आयात बढेको विषयसँग जोडेका छन् । ‘चामलको आयात किन अस्वाभाबिक बढ्दै छ भनेर अनुसन्धान होस यस्तै यस्तै भेटिन सक्छ भन्ने गरेको हो हामीले, हो रहेछ’, केसीले आफ्नो फेसबुकमा लेखेका छन् ।

कृषि मन्त्रालय अन्र्तगतको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रकी कृषि अर्थविज्ञ अनिसा गिरी पनि चामल धानको आयातलाई चिनीसँग जोडिछन् । चामल र धानको आयातको बढ्दो ग्राफसँग यस्तो धन्दाको कुनै कुनै सम्बन्ध रहेको हुन सक्ने गिरीको भनाइ छ ।

‘हामीले मलंगवामा जे देख्यो, यसबारे मन्त्रालयमा यसअघिका छलफलमा कुरा गरेका थियौं,’ उनले भनिन्, ‘कृषि वस्तुको नाममा अरु नै वस्तुको आयात बढेको त छैन भन्ने प्रश्न उब्जिएको छ ।’

नेपालमा अहिले चिनीको खुद्रा बजार मूल्य अधिकतम् १०५ रुपैयाँ प्रतिकिलो छ । भन्सार शीर्षकको ५३ प्रतिशत रकम छल्न पाइयो भने आयातकर्ताले ठूलो रकम चिनीबाट कमाउने भएकाले यस्तो धन्दा मौलाएको मानिन्छ ।

नेपालको भन्सार प्रणालीका कुनै पनि बिन्दुमा एउटा पनि स्क्यानर छैन । नेपालले चीन सरकारबाट अनुदानमा पाएको भन्सारमा मालवस्तु तथा कन्टेनर स्क्यान गर्ने दुई ठूला स्क्यानर अहिले काम नलाग्ने अवस्थामा छ ।

चीनले २०६० सालमा नेपाललाई दुईवटा स्क्यानर मेसिन दिएको थियो जसमध्ये कन्टेनरसमेत स्क्यान गर्न सकिने मेसिन सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियामा राखिएको थियो भने मालवस्तु स्क्यान गर्ने स्क्यानर मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थियो ।

चिनीको माग र धान चामल आयात

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विवरणअनुसार नेपालमा वार्षिक साढे २ लाख मेट्रिक टन चिनीको खपत छ । मुलुकका मासिक ७५ हजार मेट्रिक टन हाराहारी मात्रै चिनी उत्पादन हुने हुँदा मागको ठूलो परिमाणको चिनी आयातमै निर्भर छ ।

चालु आ‍.व.को ८ महिनामा नेपालमा ४ अर्ब २२ करोडको चिनी आयात भएको छ जबकी गत आ.व.मा ८ अर्ब ३८ करोड रुपैयाँको चिनी नेपाल भित्रिएको थियो ।

गत साउनदेखि फागुनसम्मको आठ महिनामा नेपालले ३६ अर्ब ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँको धान र चामल आयात गरेको छ ।

गत वर्षको यसै अवधिमा ३५ अर्ब १५ करोड ३४ लाख ८१ हजार रुपैयाँको धान चामल आयात भएको थियो । नेपालमा आयात हुने धानको सबै भन्दा ठूलो हिस्सा भारततबाटै छ । कृषि मन्त्रालयका अधिकारीहरु यही धान चामल आयातको विवरणमा शंका गर्छन् ।

भन्सारले फेर्‍यो जाँच पासको लेन

नेपालका भन्सार नाकाहरु सुरक्षा प्रविधिमैत्री नभएको मौकाको फाइदा उठाउन तस्करले गरेको प्रयासपछि भन्सार विभागले धान, चामल र भुसको भन्सार जाँच पासको लेन नै परिवर्तन गरेको छ ।

यस अघि राजश्व छलीको कम जोखिमको वस्तुको रुपमा सहजै जाँच पासको लेन ‘हरियो’ बाट भन्सार पास हुने गरेका यी वस्तुलाई अब जोखिमुक्त समूहमा राखेर खोलेरै हेर्ने गरी जाँचपासको व्यवस्था मिलाइएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।

केही समयअघि वीरगञ्जमा धानको कन्टेनरमा लत्ताकपडा आयत भएको पाइएपछि सबै भन्सार कार्यालयलाई परिपत्रै गरेर धान र चामलको जाँच पासमा सर्तकता अपनाउन भनेको उनले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh