काठमाडौं । त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालमा प्रतिबन्धित पाँच सयको १ लाख ८ हजार भारतीय रुपैयाँ तथा ६ लाख ५४ हजार बराबरको नेपाली रुपैयाँ लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको हो ।
उनी बुधबार काठमाडौंबाट इन्डियो एयरको उडानबाट नयाँ दिल्ली जाँदै थिए ।कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि ललितपुरको हरिहर भवनस्थित राजश्व अनुसन्धान विभागमा बुझाइएको छ ।

















