काठमाडौं । एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । एमालेको केन्द्रीय कार्यलयमा बुधबार सहमति भएको हो ।
![](https://ejanprabhabnews.com/wp-content/uploads/2022/04/Screenshot_20220413_174427.jpg)
दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हाे । सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए ।
सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा उठ्ने छन् । त्यस्तै राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ । त्यस्तै, एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन गर्ने सहमती भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !