Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गौतमलाई २१ दिनपछि आईजीपी बनाउने तयारी, यस कारण बन्यो प्रारम्भीक सहमति


गौतमलाई २१ दिनपछि आईजीपी बनाउने तयारी, यस कारण बन्यो प्रारम्भीक सहमति

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २१ दिने महानिरीक्षक (आईजीपी)का लागि एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल प्रतिस्पर्धामा छन् । २१ दिनका लागि सशस्त्र प्रहरीको महानिरीक्षकमा एआईजीद्वय केसी र पौडेलको दाबी छ ।

गृह मन्त्रालयको प्रस्तावमा उनीहरूमध्येबाट मन्त्रिपरिषदले नयाँ आईजीपी बनाउनेछ । २१ दिनपछि नयाँ आईजीपी बनाउनुपर्नेछ ।सरकारले नयाँ सशस्त्र प्रहरी महानिरीक्षक टुङ्गो लगाउने गृहकार्य शुरु गरेको छ ।

केसी र पौडेल उमेर हदका कारण वैशाख १९ गते अनिर्वाय अवकाशमा जाँदैछन् ।यसैबीच, वैशाख २० गतेदेखिको नयाँ आईजीपीका लागि तीन जना डीआईजी प्रतिस्पर्धामा छन् ।डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ ।

डीआईजी चन्द्रप्रकाश गौतमलाई वैशाख २० गतेपछि अर्थात २१ दिनपछिको नयाँ आईजीपी बनाउने विषयमा सत्तारुढ दलका नेताहरूबीच प्रारम्भीक सहमति बनेको स्रोतको भनाइ छ ।

सशस्त्र प्रहरी बलमा हार्ड एण्ड फास्ट निर्णय गर्नुपर्ने, द्वन्द्व र शान्ति प्रक्रियालाई निर्णयमा पुर्‍याउनुपर्नेलगायत काम गर्नुपर्ने भएका कारण पनि डीआईजी गौतमलाई एआईजीमा बढुवा गरेर जाने विषयमा सहमति भएको बुझिएको छ ।

गौतमलाई नै वैशाख २० गतेदेखिको नयाँ आईजीपी बनाउने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ । डिआईजी गौतमकै प्रसगँ उनि सशस्त्र प्रहरी बल स्थापना हुँदा अर्थात् २०५८ सालमा नेपाली सेना (सह(सेनानी) बाट सेवा परिर्वतन गरी डिएसपि हुँदै अहिले डिआइजी भएका हुन। उनको कार्यकाल सकिन अझै ५ वर्षको समय रहेको छ। उनलाइ भबिष्यको सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक ( आइजीपि ) दाबेदारको रुपमा समेत हेर्न सकिन्छ। उनले कार्यरत रहेको दिन देखि आज सम्म कुनै पनि गलत कार्य गरेको पाइदैन। उनी सशस्त्र प्रहरी बलका इमान्दार, प्रतिष्ठित ब्याक्ती समेत हुन।

को हुन त यि देसका सच्चा सन्तान : सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतम ?

ताप्लेजुङको विकट खेवांग गाउँमा जन्मिएर तेह्रथुमको आठराईमा हुर्किएका हन् सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डिआइजी ) चन्द्र प्रकाश गौतम । उनी हाल सशस्त्र प्रहरी बल २ नम्वर छिन्नामस्ता वाहिनी बर्दिबासका प्रमुख को रूपमा कार्यरत छन्। रसायन शास्त्रमा एमएससी गरेका गौतमले जीवनको करिब २५ वसन्त नेपालको सुरक्षा निकायमा सेवा गरेर बिताएका छन्। अहिलेको पद र प्रतिष्ठा उनको जीवनको लामो यात्राले आर्जन गरेको हो। जीवनमा प्रशस्तै हन्डर र ठक्करसँग जुध्दै उनी यहाँसम्म आइपुगेका हन्। आफू हिँड्ने गोरेटो आफैं बनाउँदै अहिलेको यो उच्च पदमा पुग्दा बनेको उनको जीवन कथा कम्ता रोचक छैन।

ताप्लेजुङमा जन्मि पनि गौतमको बाल्यकालको अधिकांश समय तेह्रथुमको आठराईमा बित्यो। उनी मामाघरमै हुर्किएका हुन्। आमाको एकल अभिभावकत्वमा हुर्किएका उनी। बुवाले दिने माया, मार्गनिर्देशन र अभिभावकत्व कस्तो हुन्छ अहिलेसम्म थाहा छैन। ‘संसारमा सबै सन्तानले उस्तै भाग्य बोकेर आएका कहाँ हुन्छन र?’, उनी भन्छन्, ‘यसमा भाग्यलाई दोष दिनु भन्दा नियतिको खेल नै यस्तै हो भन्ने ठान्दछु।’चालिसको दशकमा उनले बाल्यकाल बिताए। गाउँमा अन्य बालकहरु जस्तै सुख दुःखबीच उनी हुर्किए। अन्य बालकहरू जस्तै धुलो माटो र हिलो मैलोसँगै खेलेर उनी हुर्किए। बनपाखा, भितिर पनि डुले। यसो भन्दा उनलाई कुनै अफ्ठेरो लाग्दैन। अहिले उनले आफू बालककालमा कस्तो थिएँ भनेर सोधेको बेला आमाको जवाफ हुन्छ, ‘अलिक चन्चले, सृजनशील, तीक्ष्ण बुद्धिको र अरु भन्दा अलि फरक । एकोहोरो र जिद्दी पनि।’बालककालमा उनको पढाइ उत्कृष्ट भए पनि फिरन्ते बन्यो। कहिले तेह्रथुम, कहिले झापा।

एसएलसी दिँदासम्म उनले विद्यालय फेरिरहे। २०४३ सालमा एसएलसी दिएपछि पनि उनको अध्ययन स्थिर भएन। फिरन्ते जस्तै यताउता घुमिरहे। एसएलसीमा राम्रो अंक आएपछि उनले विज्ञान रोजे। सानैदेखि विज्ञान पढ्ने रुचि थियो।विज्ञान पढ्ने सपना पूरा गर्न उनी काठमाडौं खाल्डो हान्निए। काठमाडौं आएर अमृत साइन्स क्याम्पसमा इन्ट्रान्स दिए, पास पनि भए। भर्ना भए, तर विडम्बना काठमाडौंको भीडमा उनी अडिन सकेनन्। काठमाडौंमा नअडिनुको एउटै कारण थियो अभाव।‘शुरुमै होस्टल पाएको भए म काठमाडौंमै बस्थे होला। तर, कोठा भाडा तिरेर बस्न र विज्ञान पढ्ने बन्दोबस्ती जुटाउन मसँग प्रशस्त पैसा भएन,’ उनले संकटका ती दिनबारे सुनाए। आईएससी प्रथम बर्ष पनि पूरा नगरी उनी राजधानी छोडेर महेन्द्र मोरङ क्याम्पस विराटनगर पुगे।

विराटनगरबाट आइएस्सीको परीक्षा सके। त्यहाँबाट उनी पुनः मावली गाउँ तेह्रथुमको आठराई पुगे। जहाँ उनले गणित तर विज्ञान शिक्षकको नयाँ परिचय बनाए। यो २०४६ को जनआन्दोलन अघिको कुरा हो। आइएसी सकेपछि उनलाई डाक्टर बन्ने रहर थियो। उनी फेरि तेह्रथुमबाट मेडिकल तयारीका लागि काठमाडौं हान्निए, यद्यपि चाहे जस्तो सबै कुरा कहाँ पूरा हन्छ र? डाक्टर नबन्ने भएपछि बिएस्सी पढ्नु नै थियो। उनी अस्कलमै पुगे बिएस्सीमा भर्ना भए। यतिबेला उनको परिवार झापामा बसाईं सरिसकेको थियो।अस्कलमा बिएस्सी पढ्दा उनीसँग राजधानीमा टिक्न जागिर खानुपर्ने बाध्यता थियो। उनीसहित साथी मदन उप्रेती र नवीन देउजाले बागबजारमा ‘एबिसी ट्युसन सेन्टर’ खोलेर अंग्रेजी भाषासहितको ट्युसन पढाउन थाले ।

सेनाको जागिर ट्युसन सेन्टरमा पढाउन थालेपछि उनको जीवनमा आर्थिक सम्पन्नताको नयाँ रेखा कोरियो। अब उनको जीवनको अभावको त्यो गोेरेटो सकिँदै गयो। २ वर्ष ट्युसन र अंग्रेजी भाषा पढाउँदै गर्दा क्याम्पसको अध्ययनले पनि उचाई लिँदै गयो। बिएस्सी पास भए लगत्तै मास्टर्स पढ्न त्रिभुवन विश्वविद्यालयको क्यामेस्ट्रीमा भर्ना भए। पढाईको गतिले उचाई लिँदै गर्दा करियर बनाउनु पर्ने पनि उमेर पुगिसकेको थियो।२०५१ सालमा अर्गानिक केमेस्ट्रीमा एमएससीको पदाई सकेपछि उनले लोकसेवा दिए। तर, लिखित परीक्षा उतीर्ण भएपछि तत्कालीन शाही नेपाली सेनाको सहायक सेनानीमा भर्ना भए। खरिपाटीमा तालिम गरिराखेका बेला विदेशमा तालिमका लागि छनौट भए। उनी भारतको देहरादुनमा अधिकृत तालिम सकेर नेपाल फर्किए। त्यो बेलामा केमेस्ट्री बिषयमा मास्टर्स सकेको मान्छे सेनामै किन भर्ना भएको पनि भन्ने गरेको सुन्थे उनी।’आर्मी भएर राष्ट्र सेवा गर्नु भनेको कति गौरवको कुरा हो भन्ने कुरा कि उसैले बुझेको हुन्छ कि त उसको परिवारले’,उनले यसरी आफू हिँडेको बाटोलाई व्याख्या गरे, ‘मैले नेपाल आर्मीको इतिहास पढेको थिएँ।

राष्ट्रको गौरव बढाउन सेनाको भूमिका छ। नेपालको इतिहासमा आर्मीको छुट्टै पहिचान र सम्मान छ। यस्तो सम्मानित क्षेत्रमा मेरो प्रवेश गौरवको कुरा थियो।’करिव ५ वर्ष नेपाली सेनामा बिताएपछि संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा पहिलोपटक पूर्वी टिमोरमा शान्ति स्थापानार्थ उडे। पर्वी टिमोरमा रहँदा मिलिसियासँगविरुद्धको अभियानमा फिल्ड कमान्डरका रुपमा जिम्मेवारी पुरा गर्दै त्यहाँका जनतालाई सुरक्षा प्रदान गरेको अनुभव उनीसँग छ। सशस्त्रमा पनि शान्ति मिसन सशस्त्र प्रहरी बलमा आएपछि द्वन्द्वकालमा देशका विभिन्न क्षेत्रमा पुगे। त्यसका अलवा उनी शान्ति मिसनका लागि विश्वका विभिन्न देशहरुको यात्रा गरे। हुन त पहिलोपटक सन् १९९९ मा पूर्वी टिमोरमा शान्ति सेना बनेर उनी पुगेका हुन्।

त्यहाँ शान्ति स्थापनाका लागि ७ महिना बसेका थिए।दोस्रो पटक उनी २००२ मा इराक पुगेका थिए। तर अमेरिकाले इराकमा हमला गर्ने भएकाले ७ महिना बसेर ‘एभाकुएसन’ भएर साइप्रस हुँदै नेपाल फर्किए। तेस्रोपटक २००७ मा उनी पूर्वी टिमोर पुगेर दुई वर्ष राष्ट्र संघीय पुलिसको महत्वपूर्ण जिम्वेवारी पूरा गरेर फर्किए।चौथो पटक सन् २०१० मा सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस कमान्डरको रुपमा उनी लाइबेरिया पुगे। पाँचौ मिसनका रुपमा उनी संयुक्त राष्ट्र संघको मुख्यालयले संचालन गर्ने ग्लोबल प्रतिस्पर्धामा राष्ट्र संघको पी(४ पदमा २०१५ मा छनौट भइ सुडानस्थित डार्फरको चिफ अफ अपरेसन पी(५ भइ ३ वर्ष बसे।राष्ट्र संघ अन्तर्गत काम गर्ने शिलशिलामा उनी विश्वका ७२ देश पुगे। विभिन्न तरिकाले विभिन्न देश गएका उनी कुनै पनि देश आफैंमा खराब नहुने अनुभव पाएको बताउँछन्। युद्धको चपेटामा परेका देशमा शान्ति स्थापना र त्यहाँ जनतालाई सुरक्षित राखी मानवता बचाउनका लागि हुन्छ राष्ट्र संघीय शान्ति मिसन। उनी भन्छन्, ‘कुनै पनि देश सीमाले छुटिएको होला। तर भावना उस्तै हुन। झर्ने आँसु त उस्तै हु्न्। चोट सहने शरीर उस्तै हो। यसकारण सुरक्षा फौजका लागि जुनसुकै देशका नागरिक किन नहुन् पहिलो प्राथमिकता उनीहरुको जीवन र मानवताको रक्षा नै हो।’युद्धको चपेटामा परेका व्यक्तिहरु जीवन रक्षा र सुरक्षाको व्यवस्था मिलाउनु नै शान्ति मिसनमा जाने नेपाली सुरक्षाकर्मीको काम हो।

उनीहरुको जीवन रक्षाका निम्ति खटिने सेवक बनेर संयुक्त राष्ट्र संघको छातामुनि राष्ट्रिय गौरव बढाउन नेपाली झण्डा बोकेर मिसनमा खटिएर जाने उनी बताउँछन्।देश परदेश जहाँ भए पनि सुरक्षाकर्मीको जिम्मेवारी तुलनात्मक रुपमा बढी र जोखिमयुक्त हुन्छ। अझ द्वन्द्वग्रस्त मुलुकमा त सुरक्षाकर्मीको भूमिका अग्रणी छ। यसले गर्दा जनताको अपेक्षा बढी भएकोले थप सचेत हुनुपर्ने हुन्छ। यस्तो बेला सुरक्षाकर्मीले गरेको सानो गल्ती पनि क्षम्य हुन सक्दैन र हुनु पनि हुँदैन।

आमा नै मेरो ‘इन्सिपिरेसन’ काम गर्ने कर्मशीलहरु सत्कर्ममा विश्वास गर्छन्। भाग्यमा कदापि होइन्। उनको बुझाई छ, ‘सत्कर्म गर्नुस्। भाग्य आफैं बन्छ।’ पढाई सम्पन्न गर्न लामो संघर्षपूर्ण दौडधुप गरे उनले। उनी यसलाई भौतारिएको भनी ठान्छन्। आफ्नो ऊर्जाशील समयमा यदि सहज वातावरण भइदिएको भए वा दरिलो अभिभावकत्व पाएको भए बचपन फिरन्ते हुँदैन थिए कि भनिठान्छन् उनी। यद्यपि जति भौतारिएर पनि जस्तो अप्ठेरो परे पनि आफूले कहिले पनि गलत बाटो चाहिँ नसमातेको बताउँछन्। सायद मेरो अवस्था वा पारिवारीक स्थितिले पनि आफूले भविष्यमा केही गर्नुपर्छ भन्ने लाग्थ्यो उनलाई। किनभने उनको आमाको एक मात्र आशाका किरण थिए उनी। ‘मेरो जिन्दगीको ‘इन्स्पिरेसन’ कोही हो भने त्यो मेरो आमा नै हुन्। चर्को अभाव, भोक र शोकमा पनि जिन्दगीलाई कसरी लयमा हिँडाउने भन्ने कुरा मैले आमाबाट नै सिकेको हुँ’, उनी आमाबारे बोल्छन्। साहित्यमा झुकाव आरोह र अवरोहको समिश्रणमा बग्ने यो बलिदान, मिहिनेत, सपना, आशा,दृढ बिश्वास र भरोसाको आड हो जिन्दगी।पेशाले सबल फौजी अधिकृत भए पनि उनको पनि आफ्नै जिन्दगी छ। विगतमा आफुले भोगेका आफू सङ ठोकिएका र निर्माण भएका कथाहरुलाई विश्लेषण गर्छन्। समाजलाई नियाल्छन्। समाजका अध्याँरा उज्याला पाटाहरूलाई गहिरिएर अध्ययन गर्छन्। यहाँ युवाको आखामा देखिएका सपनाहरुको विश्लेषण गर्छन्। सानदार जिन्दगी विकराल कसरी बन्छ। अनि संघर्षको मैदान बाट मानिसले कसरी सफलता हाँसिल गर्छ वा मान्छे के ले सफल बन्छ भन्ने कुराको तर्कना गर्छन्।

यी र यस्तै समाजका घटनाहरूले यदि छोयो भने र आफ्नो बलबुताले सके समय व्यवस्थापन गरेर रचना तर्फ अगाडि बढ्छन्।साहित्यले समाजलाई प्रतिबिम्बित गरि प्रगति र विकासतर्फ निर्देशित गर्नु पर्छ भन्ने धारणा राख्छन् उनी। तर, उनी पूर्णकालिन लेखक भने होइनन्। साहित्य संवेदना भन्दा बाहिर लेखिँदैन र लेखिनु हुन्न भन्ने उनको बुझाई छ। कहिलेकाही उनी गीत लेख्दछन्। उनको आँसु एल्बम धेरै अगाडि बजार आएको छ। यसका अलवा उनका दशै गीत र कहिलेकाहीँ कथा तथा आर्टिकलहरु पनि बजारमा पढ्न पाइन्छ। बेला बेला उनका सोलो गीतहरू बजारमा आइरहन्छन्। गौतममा निर्णय गर्ने क्षमता रहेको प्रहरीभित्र चर्चा हुने गरेको छ ।

आईजीपी शैलेन्द्र खनालले सोमबार चार वर्षे कार्यकाल पूरा गरेर उमेर हदका कारण अनिर्वाय अवकाश पाएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh