काठमाडौं। नेपाल श्रीलंकाको बाटोमा नरहेको नेपाल उद्योग वानिज्य माहासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताएका छ्न्। कालो बादलमा चाँदीको घेरा समेत हुने भएकाले अहिले नै अर्थतन्त्रमा गम्भीर संकट नआएको तर सतर्क भने हुने बेला आएको उनको भनाइ छ।

उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभामा उनले सो कुरा राखेका हुन्। उनले भने, ‘कोभिडबाट उठ्न निजी क्षेत्रलाई सरकारको सहयोगको खाँचो छ। हामीले कोभिडको महामारीमा सरकारलाई सहयोग पनि गर्यौं। तर कोभिडबाट उठ्न सरकारबाट अपेक्षाकृत सहयोग पाइएन।’
उनले थपे, ‘विदेशी मुद्राको संचिति घट्दै घट्दै गएको छ। कोभिडपछि नेपालमा फस्टाएको पर्यटनले केही आस जगाएको छ। पछिल्लो समय रेमिटेन्स पनि बढेको देखिन्छ। यसले विदेशी विनिमय संचितिमा सहयोग गर्ने विश्वास छ।’
नेपालको अर्थतन्त्रलाई अघि बढाउन हाइड्रो र पर्यटन क्षेत्र नै प्रमुख भएकाले सरकारले यो क्षेत्रलाई विकसित रुपमा अघि बढाउनु पर्ने उनले बताए।

















