काठमाडौं । प्रहरीले भन्सार छली गरी ल्याएको आरोपमा कपडाका समानसहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बाफल घर भई काठमाडौं महानगरपालिका-२४ असन बस्ने ३८ वर्षीय निरज अग्रवाल र भारत घर भई काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने ३८ वर्षीय सन्दीप कुमार रहेका छन् ।

महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ, महानगरीय प्रहरी बृत्त कालिमाटी र जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको साथबाट २६ वटा विभिन्न रङ्गका सर्ट, पाइन्ट, जेन्स कर्ताका कपडाहरु बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थल गौचरणमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।

















