Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मेयर महतोको बदमासीः ट्रमा सेन्टर बन्ने जग्गामा १५ शैयाको ‘टेण्डर’

मेयर महतोको बदमासीः ट्रमा सेन्टर बन्ने जग्गामा १५ शैयाको ‘टेण्डर’

जनकपुरधाम । केही समय अघिदेखि चर्चा र चासोको विषय बनेको धनुषाको ढल्केवरमा बन्ने प्रदेश स्तरीय ट्रमा सेन्टरको प्रस्तावित जग्गामा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले अर्को नयाँ लफडा सुरु गरेका छन् ।

ट्रमा सेन्टरको प्रस्तावित जग्गामा मिथिला नगरपालिकाले १५ शैयाको नगरस्तरीय अस्पताल बनाउन टेण्डर सूचना निकालेपछि स्थानीय स्तरमा विभिन्न शंकाउपशंका उब्जिएको छ । मेयर महतो उक्त जग्गामा ट्रामा सेन्टर नबन्न दिन लामोसमयदेखि कसरतमा छन् ।

हालको मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेटमा धनुषाको ढल्केवरमा ५० शैयाको ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ । पछिल्लो पटक गत पुष ४ गतेको मिथिला नगरपालिकाको कार्यपालिका बैठकले पनि क्रिटिकल केयर तथा ट्रमा सेन्टर सहितको अस्पताल निर्माण कार्यको लागि सम्बन्धित निकायमा सोही जग्गा सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर उक्त जग्गामा १५ शैया अस्पताल निर्माण गर्नको लागि नगरपालिकाले टेण्डर आह्वान गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ । नगरपालिकाले गत चैत २० गते अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक पत्रिकामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न शिलबन्दी दरभाउपत्रको सूचना प्रकाशित गरेको छ । टेण्डर सूचना प्रकाशित भएलगत्तै पत्रकार विजय कुमार सिंहले सूचनाको हक प्रयोग गर्दै नगरपालिकाले कुन वडाको कुन जग्गामा १५ शैयाको अस्पताल भवन बनाउन लागेको हो त्यस जग्गाको स्पष्ट विवरण उपलब्ध गराइदिन भन्ने शीर्षकमा सूचना मागेका थिए ।

नगरपालिकाले पत्रकार सिंहलाई उपलब्ध गराएको सूचनामा मिथिला नगरपालिका–७ मा रहेको करिब ३ विघा ऐलानी जग्गामा १५ शैया अस्पतालको भवन निर्माण गर्ने योजना रहेको उल्लेख गरेको छ । सूचनामा जग्गाको चार किल्ला समेत किटान गरेको छ । पूर्वमा बसही खोला, पश्चिममा एक्लेवर जाने बाटो, उत्तरमा खुशीलाल महतोको जग्गा र दक्षिणमा पोखरीया जाने बाटो रहने गरी चारकिल्ला भित्र रहेको करिब ३ विघा ऐलानी जग्गामा १५ शैया अस्पताल भवन निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकै आधिकारिक एउटा अर्को पत्रलाई आधार मान्ने हो भने सो ऐलानी जग्गा ४ विघाको प्लट छ । त्यो सबै जग्गा यसअघि नगरपालिकाले ट्रमा सेन्टर बनाउन जनकपुरधामस्थित रहेको संघीय सहरी आयोजना कार्यान्वय इकाई धनुषाको कार्यालयलाई सिफारिस गरिसकेको छ । तर सोही जग्गामा १५ शैयाको अस्पताल निर्माण गर्न टेण्डर आह्वान गरेपछि नगरपालिकाको दोहोरो चरित्र उदाङ्गो भएको छ ।

नगरपालिका र त्यहाँका जनप्रतिनिधीहरु ट्रमा सेन्टर सार्ने चलखेलमा अझै लागिपरेको स्थानीय शिव कुमार महतोको आरोप छ । ‘ढल्केवरबाट ट्रमा अस्पताल भगाउने खेलमा अझै भइरहेको छ । त्यस ठाउँमा जति धेरै अस्पताल भए झन् राम्रो । तर ट्रमा सेन्टरको लागि छुट्याएको जग्गामा अर्को अस्पताल बनाउन लाग्नु षड्यन्त्र बाहेक केही हैन,’ महतो भन्छन् ‘पहिला ट्रमा सेन्टरको जग्गा क्लियर गरेर अनि मात्रै बाँकी जग्गामा अर्को अस्पतालको विषयमा सोच्नु उपयुक्त हुन्छ । त्यसो नभए ट्रमा सेन्टर फेरी दुर्घटनामा पर्ने निश्चित छ ।’

मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोलले स्वास्थ्य मन्त्रालयले डिपीआर स्वीकृत गरेको जग्गामा १५ शैया अस्पताल बनाउन लागिएको जानकारी दिए । ‘ट्रमा सेन्टरको विषयमा मलाई थाहा भएन । मन्त्रालयले डिपीआर डिजाईन स्वीकृत गरेको जग्गामा हामीले १५ शैया अस्पताल बनाउन लागेका हौं । त्यहाँ ट्रमा सेन्टर नहुने भनेर भनिसकेको छ नि १,’ अधिकृत डंगोलले द पब्लिक टुडेसँग भने ‘त्यो जग्गा ट्रमा सेन्टर बनाउन कार्यपालिकाबाट सिफारिस भएको थिथो तर स्वीकृत भएन ।’

संघीय सरकारको मन्त्रीले पनि त्यो जग्गामा ट्रमा सेन्टरको प्रक्रिया अघि बढाउनु भनेर निर्देशन दिनुभएको छ, अनि कसरी अस्वीकृत भयोरु भन्ने द पब्लिक टुडेको जिज्ञासामा अधिकृत डंगोलले भने ‘त्यो कुरा मलाई जानकारी भएन । ट्रमा सेन्टरको विषयमा अहिले बोल्न चाहिन । १५ शैया अस्पतालको मन्त्रालयबाट जहाँ स्वीकृत भएर आएको हो त्यहाँ नै हामीले बनाउन लागेका हौ ।’

यता मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले दुवै अस्पताल सोही जग्गामा बन्ने स्पष्ट पारे । ‘ट्रमा सेन्टर र १५ शैया अस्पताल त्यही जग्गामा बन्छ । त्यहाँ जम्मा ४ विघा ऐलानी जग्गा छ । ट्रमा सेन्टरको लागि ३ विघा मात्रै आवश्यक छ । १५ शैया अस्पताल १५ कठ्ठामै बन्छ । अनि किन त्यहाँ स्वास्थ्यको हब नबनाइदिने भनेर १५ शैया पनि त्यही निर्माण गर्न लागेका हौं,’ मेयर महतोले द पब्लिक टुडेसँग भने ।

मेयर महतोले १५ शैया अस्पताल १५ कठ्ठामा बन्ने बताएपनि मिथिला नगरपालिकाले उपलब्ध गराएको सूचनामा ३ विघा जग्गामा १५ शैया अस्पताल भवन निर्माण गर्ने योजना रहेको उल्लेख गरिएको छ ।

यसअघि प्रस्तावित जग्गालाई शहरी विकास तथा भवन निर्माण विभागको जनकपुरधामस्थित संघीय आयोजना कार्यान्वय इकाईले मापदण्डको बहाना देखाएर उक्त जग्गा ट्रमा सेन्टरको लागि अनुपयुक्त रहेको बताउँदै आएपछि विवाद उत्पन्न भएको थियो ।

आयोजना कार्यान्वय इकाईका प्राविधिकहरुले प्रस्तावित जग्गा ५ सय मिटरभन्दा बढी रहेको कारण देखाउँदै अनुपयुक्त रहेको बताउँदै आएपछि संघीय सरकारले निर्माण गर्न लागेको प्रदेशस्तरीयको ट्रमा सेन्टरको निर्माण प्रक्रिया अलपत्र बनेको थियो ।

प्राविधिकहरुले मुख्य एजेण्डा बनाएको राजमार्गदेखि दायाँबायाँ ५०० मिटर भित्र जग्गा हुनुपर्ने मापदण्ड स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले बनाएको ‘स्वास्थ्य भवन पूर्वाधार डिजाईन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३’ भन्दा बाहिर रहेको तथ्य द पब्लिक टुडेले सार्वजानिक गरेपछि प्राविधिकहरु सच्चिएका थिए ।

ढल्केवरमा किटान गरेको ट्रमा सेन्टरको लागि जग्गा छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि संघीय सरकारकी शहरी विकास मन्त्री राम कुमारी झाँक्री आफैले गत चैत १७ गते प्रस्तावित जग्गाको निरीक्षण अवलोकन गरेकी थिइन् ।

जग्गा निरीक्षण पश्चात मन्त्री झाँक्रीले संघीय आयोजना कार्यान्वय इकाई धनुषाका आयोजना प्रमुख प्रदिप खनाललाई प्रक्रिया अघि बढाउन निर्देशन दिएकी थिइन् । आफ्नो मन्त्रालयका सचिवसहितको टोली लिएर मन्त्री झाँक्री जग्गा निरीक्षण गर्न ढल्केवर पुगेकी थिइन् ।

जग्गा अवलोकनको क्रममा मन्त्री झाँक्री र शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंह सहितकाले ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताएका थिए ।

मन्त्री र मन्त्रालयका सचिवसहितका उच्च अधिकारीहरुले प्रस्तावित जग्गाको अवलोकन गरेर उपयुक्त रहेको बताएपछि ट्रमा सेन्टरको निर्माण प्रक्रिया अघि बढिरहेको बेला नगरपालिकाको १५ शैया अस्पतालको टेण्डर सूचनाले फेरी झमेला हुने भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh