काठमाडौं । नेपाल बारको निर्वाचनमा लोकतान्त्रिक समूहको जित निश्चित भएको छ। पछिल्लो परिणामअनुसार लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले ३७२८ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९७७ मत प्राप्त गरेका छन्।

अब गन्न बाँकी मतभन्दा दुई अध्यक्षको मत फरक धेरै भएकाले घिमिरेलगायतको जित सुनिश्चित भएको हो। उनी १४ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता रहेको छ।
मंगलबार बिहानदेखि मतगणना सुुरु भएको थियो। १९ चैतमा अध्यक्षसहित २५ सदस्यीय बार कार्यसमितिका लागि भएको निर्वाचनमा ७४२९ मत खसेको थियो।

















