काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष संगीता खड्काले पदभार ग्रहण गरेकी छिन् ।सोमबार दिउँसो सञ्चारग्राम स्थित समितिको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।

नेपाल पत्रकार महासंघकी पूर्वसचिव समेत रहेकी खड्कालाई १७ चैतमा बसेको मन्त्रिपरिषद बैठकले समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।समितिको सदस्य तथा प्रेस काउन्सिल नेपालको समेत सदस्य भइसकेकी खड्का माओवादी जनयुद्धकै समयदेखि पत्रकारितामा संलग्न थिइन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष खड्काले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि आफ्नो भूमिका रहने बताएकी छिन् ।

















