काठमाडौं । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका २३ स्थित एक वनबाट चैत्र २१ गते सशस्त्र प्रहरीले करीव ४ लाख २५ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सो वनमा बेवारीसे अवस्थामा रहेको उल्लेखित मूल्य बराबरको ८५ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाबजारबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद काठ वन कार्यालय बाँकेमा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले बताएकाे छ । यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नरपालिका १० चेतनगर स्थित एक फर्निचर उद्योगबाट चैत्त २० गते १ लाख ८४ हजार रुपैयाँ बराबरको करीव ३७ क्यूफिट साल तथा सिसौको काठ बरामद गरिएको छ ।
सो उद्योगमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरी र सव डिभिजन वन कार्यालयबाट खटिएकोे संयुक्त टोलीले उल्लेखित मूल्य बराबरको उक्त काठ बरामद गरिएको हो ।
बरामद काठ सव डिभिजन वन कार्यालय चपुरमा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले बताएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !