काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन्। उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए।

उनले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरूमा जित्ने दाबी गरे। उनले भने, ‘‘७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशतभन्दा तल झरु झर्दैन।”
उनले माओवादी केन्द्रसँग गठबन्धन नगर्ने बताए। एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न माओवादीलाई उनले चेतावनी दिए। गठबन्धनका लागि माओवादीसँग वार्ता नभएको र गर्दा पनि नगर्ने उनको भनाइ थियो।
सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा माओवादीले एमालेसँग मिल्छु भनेर नेपाली कांग्रेसलाई तर्साउने गरेको भन्दै एमाले कसैको भर्याङ नबन्ने उनले बताए।

















