काठमाडौं । प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, कालापानी र लिम्पियाधुरासहित नेपालको नयाँ ‘चुच्चे’ नक्सा नभएकोमा आपत्ति जनाएका छन् ।

आइतबार एमालेनिकट बुद्धिजिवी परिषद्को १० औं महाधिवेशनको उद्घाटनमा दूतावासले नै चुच्चे नक्सा नराखेर बुच्चे नक्सा राखेकोमा अध्यक्ष ओलीले आपत्ति जनाए ।प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दूतावासमै नेपालको चुच्चे नक्सा नदेखिएपछि अध्यक्ष ओलीले त्यसको कडा विरोध गरेका छन् । उनले यस्तो हर्कतले नेपालको शीर निहुर्याउने काम भएको आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘सम्मानीय प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक अखण्डाप्रतिको यो खेलबाड के साधारण कुरा हो ? हिजो मात्रै दिल्लीस्थित नेपालको दूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई भारत भ्रमण किन जानुभएको भन्दा उत्तर नदिनुृ यसैका लागि रहेछ भनेर पनि आरोप लगाए ।
‘दिल्ली किन जानुभयो शेरबहादुरजी फर्किएर पछि सोधौंला भनेको थिएँ । यही राष्ट्रिय बेइमानीका लागि जान लाग्नु भएको हो ?के–का लागि जान लाग्नु भएको हो ?नेपाल फर्किनुभन्दा अघि दिल्ली दूतावासमा हाम्रो सरकारले संविधान संशोधन गरेर बनाएको नक्सा राखेर वा हटाएर फर्किनु हुन्छ ?,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !