Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जानकीनगर साझेदारी वनमा ब्यापक काठ तस्करी,सम्बन्धित निकाय मौन

जानकीनगर साझेदारी वनमा ब्यापक काठ तस्करी,सम्बन्धित निकाय मौन

सर्लाही । जानकीनगर साझेदारी वनमा पछिल्लो केही समय यता व्यापक मात्रामा सालका रुख चोरी तस्करी बढेको छ । सर्लाहीको हरिवन नगरपालिका–६, र हरिपुर नगरपालिका–१, मा फैलिएको यस साझेदारी वनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो ।

केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस वन तस्करहरूको चंगुलमा परे यता व्यापक तस्करी भएको स्थानीयको आरोप छ ।तस्करले दिउँसै जंगलको चारै कुनामा सुराकी राखेर सालका छानीछानी रुख कटान गरिरहेका नाम नबताउने सर्तमा एक स्थानीयले जानकारी दिए ।

तस्करी गर्न यसरी भइरहेको छ वन फँडानी
वनको बीच भागमा काटिएका तथा तस्करी भएका सालका रुखका ठुटामात्र भेटिने गरेको छ । यसरी सालका रुख सर्पट कटान भइरहँदा समेत वन कार्यालय र साझेदारीका पदाधिकारी मौन बस्नुलाई उनीहरूको समेत मिलेमतोको आशंका जन्माएको उनीहरूको भनाई छ ।

पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा तस्करले दिनमा रुख काट्ने र समसाँझैमा लैजाने गरेको वन नजिकै घर भएका स्थानीयको भनाई थियो । पछिल्लो केही समय यता तस्करले लैजाँदै गर्दा वा लैजान लागेको अवस्थामा समेत काठ बरामद हुने क्रमसमेत बढेको एक सुरक्षा अधिकारीले बताए ।

वन तस्करी बढ्दै जाँदा वन समूह तथा वन कार्यालयले समेत यसतर्फ कुनै चासो नदिएको जानकीनगर निवासी कपिल देव साहको भनाई छ । उक्त साझेदारी वनमा हेरालुको रूपमा गत वर्षसम्म नौ जना रहेका थिए । त्यसको समेत तलब मन्त्रालयबाट नपाएपछि समूहले हेरालु घटाएर ३ जनामा झारेको छ ।

त्यसमध्ये पनि एक जना खाना पकाउने काममा रहेको समूहका अध्यक्ष रामविश्वास रायले जानकारी दिए । ‘यति ठूलो वन छ । हेरालु छैनन् । पहिला ९ जना रहेकोमा पैसा नआएपछि घटाएर आन्तरिक श्रोतबाट तीन जना राखिएको छ । थोरै मानिसले कसरी काम गर्नु,’ उनले भने ।
झण्डै १ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको यस जंगलमा तस्करले जथाभाबी काँचो सालका रुख कटान गरिरहेका छन् ।

तस्करले सालका रुख काटेर टुना बनाउने र साइकल, ट्याक्टरमालगायतका साधनमा राखेर चोरी तस्करी गरिरहेका हुन् । वन क्षेत्रमा गस्ती नभएकै कारण चोरी तस्करी बढेको हरिपुर नगरपालिका–१, जानकीनगरका स्थानीय वीरेन्द्र मण्डलले बताए । ‘वन कर्मचारी र साझेदारीका पदाधिकारीको मिलेमतो नभई काठ कसरी तस्करी हुन्छ ?,’ उनले प्रतिप्रश्न गरे, ‘तस्करसँगको सेटिङकै कारण वनका कर्मचारी कार्यालयबाट वनतर्फ फर्केरसमेत हेर्दैनन् ।’

हेरालु नभएका कारण तस्करी बढ्यो : अध्यक्ष राय

वन हेरालु कम भएका कारण वन तस्करी वृद्धि भएको जानकी नगर साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष रामविश्वार रायको भनाई छ ।उनले आफूले वन जोगाउन सक्दो प्रयास जारी राखेको दाबी गरेका छन् । वनमा केही रुख कटान भएको र आफूहरू त्यसको नियन्त्रणमा दिन रात लागिरहेको उनले बताए ।‘वनको क्षेत्रफल ठूलो छ । सबै तिरबाट गाउँले घेरेको छ । त्यसैले पनि वन संरक्षणमा चुनौती भएको हो,’ उनले भने, ‘सरकारले हेरालुको तलब दिएको छैन । पटक-पटक धेरैठाउँमा धाइयो भएन । त्यसैले हेरालु घटाउनु पर्‍यो यसको फाइदासमेत तस्करले उठाइरहेका छन् ।’

वन संरक्षणमा दिनरात लागि परेका छौं : डिएफओ झा

तस्करी बढेसँगै वन संरक्षण आफू दिनरात लागि परेको डिभिजन वन कार्यालय सर्लाहीका सन्तोष कुमार झाले बताए ।जानकीनगर वन क्षेत्रमा पछिल्लो केही समय यता लगातार सालका रुख कटान भएको विषयमा आफू लागि परेको उनको भनाई छ । ‘यो कुरा थाहा भए पछि म आफै वन रक्षकको टोली लिएर रात दिन नभनी पुगेको छु,’ उनले भने, ‘वन खुला चिज भएकोले यसको संरक्षणमा चुनौती छ । यसको संरक्षणमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

अहिले भइरहेको तस्करी तस्कर समूहको मात्र योजनामा सम्भव नहुने उनले स्वीकार गरे । यसमा वनका स्वयं कर्मचारी तथा सुरक्षा निकायको समेत मिलेमतो रहेको विषयमा समेत आफूहरूले अनुसन्धान गरिरहेको उनी बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh