Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हिमालयन हाइड्रो एक्स्पो सुरु, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपुर्ण रहेको राष्ट्रपतिको भनाई

हिमालयन हाइड्रो एक्स्पो सुरु, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपुर्ण रहेको राष्ट्रपतिको भनाई

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि राजधानीमा सुरु भएको छ । एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गरेकी हुन् ।

एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको अवस्थामा उर्जा क्षेत्रमा भएको विकास अपेक्षित रुपमा हुन नसकेको बताइन् । यद्यपी उर्जा क्षेत्रमा यो समयमा भएको विकासमा निजी क्षेत्रले पुर्याएको योगदान महत्वपुर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई थियो ।

पछिल्ला वर्षहरुमा उर्जा उत्पादनमा आएको बढोत्तरी प्रंशसनीय रहेको बताउँदै राष्ट्रपति भण्डारीले उर्जाको आन्तरिक खपत बढाउँदै निर्यातको अवस्थामा पुग्न लागेको भन्दै खुसी व्यक्त गरिन् । समृद्ध नेपाल र सुखी नेपालीको सङकल्प पुरा हुनु पर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले जलस्रोतको बहुआयामिक उपयोगमा जोड दिइन् ।

देशका विभिन्न स्थानमा अझै पनि बिजुलीको पहुँच नपुगेको भन्दै राष्ट्रपति भण्डारीले यसमा सम्बद्ध सबै पक्षले चासो दिनु पर्ने बताइन् । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा त्यसको नकरात्मक असर पर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै हरियाली प्रवद्र्धनमा लाग्न आग्रह गरिन् ।
सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यात हुन लागेको भन्दै राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरिन् ।

जलविद्युत क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनी जम्मा गरेर छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्धेश्यले एक्स्पो आयोजना गरिएको हो । एक्स्पोलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले जलविद्युतको विकासका लागि मन्त्रालयले करहमेसा पहलकदमी लिइरहेको बताएका थिए । उर्जाको विकासमा वन मन्त्रालयसँग जोडिएका कुनै पनि कामलाई ढिलासुस्ती गर्ने काम नभएको भन्दै मन्त्री यादवले उर्जा विकासमा निजी क्षेत्रले गरिरहेको काम अझै बिस्तार भएर जानु पर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले उर्जा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुन नसकेको बताइन् । नीति नियम तथा उच्च तहका व्यक्तिहरुको बोलाईभन्दा व्यवहार उल्टो हुने गरेकाले समस्या हुने गरेको भन्दै श्रेष्ठले बोली र नियम अनुसार काम गर्न ध्यानाकर्षण गराए ।
नेपाल उद्योग परिसङका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रमैत्री नीति तथा कानुन राम्रो भए पनि व्यवहारिक पाटे कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिको आयोजनामा सुरु भएको एक्स्पोले उर्जा विकासमा अवसरको खाजी गर्ने अपेक्षा गरिएको छ । इपान अध्यक्ष कृष्ण प्रसाद आचार्यले निजी क्षेत्रको लगानीमा नै उर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताए । उर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उपान अध्यक्ष आचार्यले उर्जा उत्पादन सम्भाव्यताको झण्डै ५ प्रतिशत मात्र उर्जा उत्पादन भएको बताए । २०४७ सालको परिवर्तन पछि निजी क्षेत्रले १ हजार ५०० मेगावाट विद्युत उत्पादन गरिहरहेको भए पनि पछिल्लो ३ वर्षदेखि विद्युत खरिद बिक्री सम्झौता हुन नसक्दा प्रवद्र्धकहरु हतोत्साहित बनेको आचार्यको भनाई थियो । आगामी ५ वर्षमा निजी क्षेत्रबाट १७ खर्ब लगानी हुने प्रक्षेपण गर्दै आचार्यले निती नियमका माध्यमबाट सहजीकरण हुनेमा आशावादी रहेको आचार्यले बताए ।

नेपाल भारत उर्जा व्यापारमा सक्रिय रुपमा काम गरिरहेको साउथ एशिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेशन अफ इडियन इण्डिष्ट्रिजका डा.भुपेन्द्र कुमार सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

एक्स्पोमा टाइटल स्पन्सर गरेको एनएमबी बैंकले क्लिन इनर्जीलाई प्राथमिकतामा राख्ने भन्दै ९.९९ प्रतिशत व्याजदरमा विद्युतीय सवारी साधनमा फाइनान्सिङ गर्ने जानकारी एक्स्पोमा दिइएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इपान उपाध्यक्ष आशिष गर्गले उक्त विषयलाई उजागर गर्न विद्युतीय सवारी साधनको चाबी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले देशको ऊर्जा क्षेत्रको विकासका लागि नयाँ अवसरको खोजी, प्रविधिको प्रयोग तथा लगानी आकर्षित गर्ने लक्ष्यका साथ एक्सपोको आयोजना गरिएको जानकारी दिए ।

एक्स्पोको उद्घाटन पूर्वबृहद् विद्युतीय सवारी ¥याली पनि आयोजना गरिएको थियो । देशकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषय वस्तुमा तीनै दिन विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञका बीचमा छलफल गर्ने कार्यक्रम तय भएको सो अवसरमा जानकारी दिइयो ।

आज मात्रै जलविद्युत आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजनका विषयमा छलफलको आयोजना गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh