पर्सा । प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१८ का ३४ वर्षीय कमल गिरी, भरतपुर महानगरपालिका-१५ का १९ वर्षीय निशान थापा र वीरगञ्ज महानगरपालिका- १५ का १८ वर्षीय सन्दीप घिमिरे रहेका छन् ।

उनीहरुले वीरगञ्ज महानगरपालिका वडा २७ बस्ने वर्ष २४ वर्षीयको मुन्ना अन्सारीको प्रदेश २-०३-००२ प५९३७ नम्बरको कालो रातो होण्८ साइन मोटरसाइकल वीरगञ्ज बसपार्कमा पार्कस्थित ग्यारेजमा पार्किङ गरिराखेको ठाउँबाट ताला फुटाएर भागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि चोरी कसूरमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















