Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतको शक्तिशालीमा मोदी पहिलो नम्बरमा, योगी र केजरिवालको फड्को (सूचीसहित)

भारतको शक्तिशालीमा मोदी पहिलो नम्बरमा, योगी र केजरिवालको फड्को (सूचीसहित)

एजेन्सी । भारतको सबैभन्दा शक्तिशालीको सूचीमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । इन्डियन एक्सप्रेसले तयार गरेको सूचीमा मोदी एक नम्बरमा परेका हुन् ।

७१ वर्षीय मोदीले कोभिड १९ को कठिन घडीमा देशलाई सम्हालेको, युक्रेनमाथि रुसी हमलाका बेला २२ सय भारतीय नागरिकको युद्धक्षेत्रबाट उद्धार गरेको देखि भाजपालाई चुनावमा महत्वपूर्ण जितहरु दिलाएको कारण नम्बर एकमा राखिएको उल्लेख छ ।

भारतको दोस्रो शक्तिशाली व्यक्तिमा त्यहाँका गृहमन्त्री अमित शाह देखिएका छन् । ५७ वर्षीय शाहलाई मोदीको उत्तराधिकारीको रुपमा पनि हेरिएको छ ।

भारतको राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतलाई तेस्रो स्थान दिइएको छ । भाजपामा आरएसएसको पकड छ । भारतको सत्तामा समेत उक्त संगठनका ७१ वर्षीय प्रमुख मोहन भागवतको बलियो प्रभाव रहेको बताइन्छ ।

भाजपा अध्यक्ष जेपी नड्डा चौंथो शक्तिशाली देखिएका छन् । उनको नेतृत्वमा भाजपाले आफ्नो पकड कायमै राखेको छ ।

भारतका सबैभन्दा धनाढ्य मुकेश अम्बानी पाचौं शक्तिशाली उल्लेख छन् । फोबर्सका अनुसार उनको कुल सम्पत्ति ९६ अर्ब डलर छ । ६४ वर्षीय अम्बानी विश्वको सबैभन्दा धनीको सूचीमा टप टेनभित्र पर्छन् ।

योगी अदित्यनाथ सबैभन्दा शक्तिशालीमा छैठौं नम्बरमा परेका छन् । उनले उत्तर प्रदेशमा हालै महत्वपूर्ण जित हासिल गरेर दोस्रो कार्यकाल मुख्यमन्त्री बन्न सकेका छन् । ४९ वर्षीय योगीलाई मोदीको उत्तराधिकारीका रुपमा हेरिएको छ । सन् २०२१ मा १३औं शक्तिशाली योगी यसपटक ठूलो फड्को मार्दै छैंठौ नम्बरमा परेका छन् ।

भारतका अर्का अर्बपति गौतम अडानी सातौं नम्बरमा उक्लिएका छन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल आठौं नम्बरमा छन् ।

सन् २०२१ मा २७औं नम्बरमा रहेका आम आदमी पार्टीका नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल नवौं नम्बरमा उक्लिएका छन् ।

आपले पञ्जाबमा महत्वपूर्ण जीत हासिल गरेपनि केजरिवालको शक्ति बढेको हो । यसपाली उनले मारेको फड्कोलाई चासोका साथ हेरिएको छ ।
भारतकी अर्थमन्त्री निर्मला सितारमन १०औं, पश्चिम बँगालकी मुख्यमन्त्री ममता बेनर्जी ११औं, भारतका प्रधानन्यायाधीश एन भी रमन १२औं, रक्षामन्त्री राजनाथ सिंह १३औं नम्बरमा परेका छन् ।

आरएसएसका महासचिव दत्तात्रय होसबले ३१ औं नम्बरमा उक्लिएका छन् । भारतका गृहमन्त्री अमित शाहका छोरा जय शाह ३३औं नम्बरमा परेका छन् । उनी भारतको क्रिकेट बोर्डका सचिव छन् ।

ओलम्पिक स्वर्ण पदक विजेता भारतका ज्याभलिन थ्रोका खेलाडी निरज चोपडा ५०औं नम्बरमा छन् । राहुल गान्धी ५१औं नम्बरमा परेका छन् ।
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा ६९औं नम्बरमा परेका छन् । प्रियंका गान्धी ७५औं नम्बरमा परेकी छिन् । बाबा रामदेव ७८औं, भारतका क्रिकेट टोलीका पूर्व कप्तान विराट कोली ८०औं, साहरुख खान ८२औं नम्बरमा परेका छन् ।

जेएनयूका पूर्व उपकुलपति तथा भारतको युनिभर्सिटिी ग्रान्ड कमिशनका प्रमुख एम जगदेश कुमार ८९औं नम्बरमा परेका छन् ।

बलिउड नायिका कंगना रनौट ९४औं, नायक अक्षय कुमार ९६औं, अलिया भट्ट ९७औं नम्बरमा परेका छन् ।

भारतका शक्तिशालीहरु :-

१. नरेन्द्र मोदी, भारतका प्रधानमन्त्री
२. अमित शाह, भारतका गृहमन्त्री
३. मोहन भागवत, प्रमुख राष्ट्रिय स्वयंसेवक संघ
४. जेपी नड्डा, भाजपा अध्यक्ष
५. मुकेश अम्बानी, अर्बपति
६. योगी आदित्यनाथ, मुख्यमन्त्री उत्तर प्रदेश
७. गौतम अडानी, अर्बपति
८. अजित दोभाल, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार
९. अरविन्द केजरिवाल, दिल्लीका मुख्यमन्त्री
१०. निर्मला सितारमन, भारतकी अर्थमन्त्री
११. ममता बेनर्जी, मुख्यमन्त्री पश्चिम बँगला
१२. एन भी रमना, भारतका प्रधानन्यायाधीश
१३. राजनाथ सिंह, रक्षामन्त्री
१४. बी एल सन्तोष, भाजपा महासचिव
१५. सुब्रमण्यम जयशंकर, विदेशमन्त्री
१६. उद्धव ठाकरे, महाराष्ट्रका मुख्यमन्त्री
१७. शरद पावर, अध्यक्ष, राष्ट्रिय कँग्रेस पार्टी
१८. धर्मेन्द्र प्रधान, शिक्षामन्त्री
१९. डी वाए चन्द्रचुड, भारतको सर्वोच्च अदालतका न्यायाधीश
२०. भूपेन्द्र यादव, वातावरणमन्त्री
२१. शक्तिकान्त दास, रिजर्भ बैंक अफ इन्डियाका गभर्नर
२२. एन चन्द्रशेकरन, टाटाका प्रमुख
२३. एम के स्टालिन, तालिम नाडुका मुख्यमन्त्री
२४. पिनारयी विजयन, केरलाका मुख्यमन्त्री
२५. मजसुक मान्डभिया, स्वास्थ्यमन्त्री
२६. नितिन गडकरी, सडकमन्त्री
२७. सोनिया गान्धी, कँग्रेस आईकी अध्यक्ष
२८. उदय कोटक, कोटक महिन्द्रा बैंकका सीइओ
२९. पियुष गोयल, वाणिज्य मन्त्री
३०. एम एम नरवाणे, भारतका सेनापति

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh