काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो ।

भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् ।

















