पर्सा । पर्साबाट सशस्त्र प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। भन्सार प्रज्ञापन पत्रबिना मालसामान ढुवानी गरेको आरोमा सशस्त्र प्रहरीले शुक्रबार बेलुका ट्रक नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका ट्रकमा ना७ख ३४१० र ना५ख ९२८० छन्। प्लाष्टिक ब्याग, लुगा, भुजा, मेसिनरी सामान, फ्रिज, एसी, हार्डवेयरका सामानलगायत छन्।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरबाट खटिएको टोलीले वीरगञ्जबाट पथलैजा जाँदै गरेका ती ट्रक नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका ट्रक र सामानको ३४ लाख ४५ हजार ५९४ रुपैयाँ मूल्यांकन गरी कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !