Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘हलिउड फिल्म’ शैलीमा देखाइएको उत्तर कोरियाको नयाँ आईसीबीएम मिसाइल के हो ?


‘हलिउड फिल्म’ शैलीमा देखाइएको उत्तर कोरियाको नयाँ आईसीबीएम मिसाइल के हो ?

एजेन्सी । उत्तर कोरियाले नयाँ किसिमको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेको पुष्टि भएको छ । सन् २०१७ यता पहिलोपटक उत्तर कोरियाले लामो रेन्जको मिसाइल परीक्षण गरेको हो ।

यस परीक्षणबाट उत्तर कोरियाले अन्तर्राष्ट्रिय जगतमा ठूलो तनाव सिर्जना गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यतिमात्र नभएर उत्तर कोरियालका मिडियाले ‘ह्वासङ–१७’ नामको मिसाइल लन्चलाई ‘हलिउड फिल्म’को शैलीमा प्रस्तुत गराएको छ । जसमा हिरोको रूपमा ‘किम जोङ उन’ आफैँ देखा परेका छन् । यस भिडियोबारे अहिले सामाजिक सञ्जालभरि व्यापक चर्चा चलिरहेको छ । 

यसमा टलक्क टल्किएको छालाको ज्याकेट, जुत्ता अनि कालो एभिएटर चस्मा लगाएर किम मिसाइल परीक्षण गरिएको ठाउँमा ‘स्लोमोसन’मा हिँडिरहेका छन् ।

पछिल्लो समय उत्तर कोरियाले आफ्नो ‘डिजिटल इफेक्टस’मा सुधार ल्याउँदै राष्ट्रका कथा र विशेष समाचारहरू बताउन आधुनिक शैली अपनाउने प्रयास गरिरहेको देखिन्छ ।

यस्तोमा अनलाइन प्रयोगकर्ताहरूले यो भिडियोलाई ‘टप गन’ फिल्मसँग तुलना गरेका छन् भने कतिले चाहिँ उत्तर कोरियाली शैलीको ‘ग्याङनम स्टाइल’ पनि भनिरहेका छन् । किमको पहिरन र हाउबाउ हेरेर धेरैले यसलाई ‘प्योङयोङ स्टाइल’ अनि ‘टप किम जोङ उन’ भन्ने जस्ता हाँस्यास्पद नाम दिइरहेका छन् । 

यहाँसम्मकि यो भिडियोको ‘साउन्ड ट्रयाक’समेत फिल्मी शैलीमा राखिएको छ । मिसाइल सफलतापूर्वक लन्च भइसकेपछि किम हाँस्दै खुसी हुँदै आफ्ना सेनाहरूसँग नौलो ‘स्टाइल’ मा विस्तारै हिँडिरहेका छन् ।

यो नयाँ परीक्षणलाई उत्तर कोरियाली मिडियाले अमेरिकाको जुनसुकै घातक सैन्य कदमविरुद्ध लड्न सक्षम आणविक शक्ति भनेर व्याख्या गरेको छ । 

कहाँसम्म पुग्न सक्छ यो नयाँ मिसाइल ?


कोरियन सेन्ट्रल न्युज एजेन्सीको रिपोर्टअनुसार यो मिसाइल अधिकतम ६ हजार किलोमिटरको उचाइ र १,०९० किलोमिटरको दुरीसम्म पुग्न सक्छ । परीक्षणका क्रममा यो ६८ मिनेटसम्म उडेको थियो र पछि गएर योजनाबद्ध रूपमा ठिक ठाउँमा अवतरण गरेको बताइएको छ । मिसाइल कोरिया र जापानबीच पानीमा खसेको थियो । 

यो भनेको उत्तर कोरियाको अहिलेसम्म रेकर्ड भएका मध्येमै सबैभन्दा उचाइमा र टाढा पुग्न सफल मिसाइल हो । 

परीक्षण गरिएको हुनाले पनि अन्य देशको आकासमाथिबाट उड्नबाट जोगाउन कठिन टार्जेक्टरी राखिएको रिपोर्टमा उल्लेख गरिएको छ । 

के यसले ‘न्युक्लियर वारहेड’ बोक्न सक्छ ?


ह्वासङ–१७ थुप्रै न्युक्लियर वारहेड अर्थात आणविक हतियार बोक्न सक्नेगरी ठूलो आकारको रहेको बताइएको छ । त्यसैले वारहेडसँगै यसले अन्य हतियारहरू पनि बोक्न सक्नेछ । यो भनेको उत्तर कोरियाली पक्षको तर्फबाट ठूलो सुधार हो । तर सुधारको अर्थ यससँग यी सबै कुरा गर्न सक्ने पूर्ण क्षमता छ भनेर अहिले नै भन्न नसकिने विज्ञहरू बताउँछन् । 

उत्तर कोरियाको आगामी मिसाइल कार्यक्रम कस्तो छ ?

किम जोङ उनले उत्तर कोरियालाई विश्वसनीय परमाणु शक्ति बनाउन थुप्रै महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै आएका छन् । यसमा उनको मुख्य लक्ष्य भनेको अमेरिकाबाट हुनसक्ने कुनैपनि किसिमको हमलाबाट आफूलाई बचाउन सक्नु र प्रतिरोध गर्न पनि सक्षम बन्नु रहेको छ । विश्वविद्हरूका अनुसार किमले आफ्ना यी लक्ष्यहरू पूरा नगरेसम्म रोकिने संकेत देखाउने छैनन् । 

यसअघि किमले आफ्ना मिसाइलहरूको रेन्ज १५ हजार किलोमिटरसम्मले बढाउन चाहेको र त्यसको सटिकतामा पनि अधिक सुधार ल्याउने योजनाको घोषणा गरेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh