काठमाडौं । त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट शुक्रबार २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ फर्कदैछन् ।

फर्कनुअघि उनले नेपालका शीर्ष नेताहरुसँगग भेटवार्ता गर्दैछन् भने उनले नेपालको पर्यटकीय स्थलको पनि अवलोकन गर्दैछन् ।शुक्रबार दिउँसो भारतबाट नेपाल आएका वाङले भोलिमात्र नेपालका शीर्ष नेताहरुसँग औपचारिक भेटवार्ता सुरू गर्नेछन् ।
वाङले शनिबार बिहान नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटवार्ता गर्नेछन् भने त्यसअघि बिहानै साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने कार्यतालिका रहेको छ ।
शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा, आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुनेछ ।भेटवार्तापश्चात आइतबार साँझ नै मन्त्री वाङ चीन फर्किने कार्यक्रम रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !