गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने निर्वाचन नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताएका छन् ।

गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे ।
आगामी वर्ष हुने तीनै तहको निर्वाचनमा सोचविचार पु¥याएर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे ।
उनले भने, “गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस् ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया !