दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी स्थानीय चुनावमा गठबन्धनबाट साझा उम्मेदवार बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । दमौलीमा सुरु भएको आठौं तनहुँ महोत्सवमा मन्त्री श्रेष्ठले संसदविरोधी, संविधानविरोधी, अग्रगमनविरोधीहरुलाई परास्त गर्न गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्ने बताएका हुन् ।

अहिलेको सत्ता गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गरेको बताउनुहुँदै उनले आगामी चुनावमा पनि गठबन्धन कायम रहोस् भन्ने जनताको चाहना रहेको बताए । सबैलाई मिलाएर लैजानसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको क्षमता रहेको चर्चा गर्दै उनले अधिनायकवादको बाटोमा जाने अवस्थाबाट मुलुकलाई सही दिशामा ल्याउन देउवाले खेल्नुभएको भुमिकाको नेपाली जनताले स्मरण गरिरहने बताए ।
अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतालाई सदनबाट व्याख्यात्मक घोषणा सहित सर्वसम्मत पारित गराउन र विभाजित जनमतलाई एकताबद्ध बनाउन देउवाको भूमिका प्रशंसनीय रहेको उनले बताए । श्रममन्त्री भएपछि यसक्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधारमार्फत यो क्षेत्रलाई व्यवस्थित गर्नेआधार तयार गरेको मन्त्री श्रेष्ठले बताए ।
बैदेशिक रोजगारीको क्षेत्रका बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक पहिल्याउने र ति मुलुकहरुसँग श्रम सम्झौताको पहल गरिरहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा माग भए अनुसार योग्यता, क्षमता, दक्षता भएको श्रमशक्ति विकास गर्ने नीति अनुसार विदेशमा गर्नुपर्ने कामसँग सम्बन्धित तालिमका लागि देशभर सीप विकास केन्द्र स्थापना गर्न लागेको उनले बताए । वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सीप, र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न पुनर्एकीकरणको योजना समेत अघि बढाएको उनले बताए ।
आर्थिक विकास र समृद्धिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न, आन्तरिक उत्पादन बढाउन स्वदेशी र विदेशी लगानी प्रबद्र्धन गर्ननिजीसँग सहकार्यका लागि सरकार तत्पर रहेको उनले बताए । पुर्वाधार विकासका लागि सांसद र मन्त्रीको रुपमाभुमिका खेलेको चर्चा गर्दै उनले गृह जिल्ला तनहुँका जनताले गौरव गर्न सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !