धरान । टुबोर्ग वियर प्रायोजित धरानमा सञ्चालन भैरहेको हराइजन कप बास्केटबल राष्ट्रिय प्रतियोगीतामा आज बुधवार पहिलो सेमी फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रोयल्स बास्केटबल एकेडेमी काठमाण्डू फाइनलमा पुग्नका लागि भिड्दैछन् । खेल ठिक ३ बजे धरान–१७ स्थित श्री घोपा माध्यमिक विद्यालय हराइज बास्केटबल कोर्टमा हुनेछ ।

त्रिभूवन आर्मीले प्रतियोगीताको उद्घाटन खोलमा आयोजक हराइजन क्लबलाई २४–३६, ४५–५९, ६०–९७ र ८६–१३१ अंकले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको थियो । रोयल्सले तेस्रो क्वाटर फाइनलमा ब्रदर्श क्लब धरानलाई २३–२२, १५–२६, २१–१८, २०–७ को खेलमा पराजित गरेको थियो
प्रतियोगिताको मंगलवार भएको अन्तिम क्वाटर फाईनलमा टाईम्स क्लबले विर्तामोड बास्केटबल क्लब विरुद्ध १३१–६८ को फराकिलो जित दर्ता गराएको छ । टाईम्स क्लबले प्रत्येक क्वाटर २८–३५–४४–२४ अंक जोड्दा विर्तामोड क्लबले २४–१२–१५–१७ अंक मात्र जोड्न सफल भयो ।
खेलको म्यान अफ द म्याच विर्तामोड क्लबका अभिशेक राज सिंह घोषित भए । उनले टिमका लागि २० स्कोर गरे भने टाईम्स क्लबका विक्रम जोशीले खेलमा सर्वाधिक २४ स्कोर गरे । अब टाईम्स क्लबले सेमिफाईनल खेलमा विशाल मिलन केन्द्रको सामना गर्नेछ ।
यसअघि दिनको खेलमा रोयल्स बास्केटबल एकेडेमी, काठमाडौँ र ब्रदर्स क्लब, धरानबीच भएको खेलमा रोयल्सले प्रत्येक क्वाटर २३–२२–१५–२६ गरि ८० अंक जोड्दा ब्रदर्स क्लब, धरानले १८–२१–२०–७ गरि ७२ अंक जोडेको थियो । खेलको म्यान अफ द म्याच रोयल्सका विकास गुरुङ घोषित भए ।
उनले खेलमा १८ स्कोर जोडेका थिए । उनलाई प्रदेश १ का बास्केटबल प्रशिक्ष्यक विकास चाम्लिंग राइले मेडल र नगद पुरस्कार एक हजार ५०० प्रदान गरेका थिए ।

















