काठमाडौं। नेपालका पायोनियर होटेलियर राधेश्याम सराफको मृत्यु भएको छ। दिल्लीको मेदान्त हस्पिटलमा उपचारकै क्रममा सराफको सोमबार राती निधन भएको हो। उनी ९२ वर्षका थिए।

षिण एशिया क्षेत्रमै चिनिएका होटेलियर सराफ काठमाडौंको दुई प्रसिद्ध पाँचतारे होटल ह्यात र याक एन्ड यतीका संस्थापक तथा संचालक हुन्। सराफ सन् १९६३ यता भारतबाट काठमाडौं आइ नियमित रुपमा बस्दै आएका थिए।
सराफको पार्थिव शरीर दिल्लीबाट काठमाडौं नै ल्याएर बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारस्रोतले जानकारी दिएको छ। उनका दुई जना छोराहरुउमेश र अरुण छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !