Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हत्या गरिएका पुजारीको स्मृतिमा मठ तथा सालिक निर्माण,पूर्वमन्त्री शाहले गरे उद्घाटन

हत्या गरिएका पुजारीको स्मृतिमा मठ तथा सालिक निर्माण,पूर्वमन्त्री शाहले गरे उद्घाटन

रौतहट । गोली हानेर हत्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा रौतहटमा मठ तथा सालिक निर्माण गरिएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साहको पहलमा पुजारीको हत्या गरिएको स्थानमा २ कोठे र ३ कोठे गरि २ वटा मठ र धर्मशाला भवन, पुजारीको शालिक, हनुमानको मूर्ति तथा हनुमान मन्दिर परिसरको निर्माण गरिएको हो ।

आज एक कार्यक्रमकाबीच स्थायी कमिटी सदस्य साहले उद्घाटन गरेका थिए । सो कार्यक्रमा बोल्दै साहले सो मन्दिर परिसरमा निर्माण भएका सबै संरचनाहरु आफ्नो निजी प्रयासमा कुनै सरकारी बजेटविना निर्माण गरिएको जनाउँदै मनमा दृढ संकल्प भ‌ए हरेक कुरा सम्भव रहेको उल्लेख गरे ‌।

उनले समाजमा सकारात्मक उर्जा प्रदान गर्ने निर्दोष पुजारीको हत्या निकै निन्दनीय कार्य भएको भन्दै सो अपराध संलग्न सबैलाई कडा कारबाहीको माग गरे ।

पुजारीकै हत्या गरिएको स्थानमा उनको सालिक, हनुमान मूर्ति स्थापना हुनु र मठ निर्माण गरेर आफुले पुजारी प्रति श्रद्धा तथा श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गर्दै सो क्षेत्रको थप विकासको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

सो क्रममा पूर्व मन्त्री साहले सम्पदाहरु निर्माणमा स्वेच्छाले सक्रियता पूर्वक आर्थिक-भौतिक सहयोग गर्ने माधवनारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साह, देवाहिगोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल, वड़ाध्यक्ष रामप्रवेश पटेल र अनिल झा, पुजारी साहका परिवारका सदस्यहरू लगायतलाई सम्मान तथा अभिनन्दन गरेका थिए । कार्यक्रममा सो स्थानमा लाग्ने नयाँ बजार र चौकको नाम खेसरहिया श्रीराम बजार राख्ने सार्वजनिक घोषणा गरिएको थियो ।

कार्यक्रम बोल्दै माधवनारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साहले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले तामझामका साथमा सो स्थानमा हनुमानको मन्दिर बनाउने भनेर शिलान्यास गरेर पनि काम भने अगाडि नबढेको बताइन ।

उनले मुख्यमन्त्रीले शिलान्यासमै सिमित गरे पनि प्रभु साहको पहलमा आज विभिन्न संरचनाहरु बनाउन सम्भव भएको भन्दै सो स्थललाई धार्मिक, पर्यटकीय स्थल बनाउने आफुहरुको योजना रहेको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला सह इन्चार्ज उद्धव रेग्मी, कुन्दन कुशवाहा, मधेस प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह, , जिल्ला उपाध्यक्ष दिपक राय यादव, जिल्ला सचिव बाल बिक्रम कार्की, जिल्ला उप सचिव पलट चौधरी, रुपेश पटेल, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह लगायत ठुलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।

वि।स। २०७७ साल भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको थियो ।

साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई नजिकैबाट कन्चटमा गोली हानेर हत्या गरिएको थियो । गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो। पछि प्रहरी अनुसन्धानबाट उनको हत्या लेनदेन विवादका कारण भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh