काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक करिब सवा केजी सुनसहित पक्राउ परेका छन् ।

मलद्वारमा लुकाएको अवस्थामा त्रिभुवन विमानस्थल प्रहरीले शुभम मेहरालाई पक्राउ गरेको हो । उनको साथबाट एक केजी २ सय ७० ग्राम सुन बरामद भएको हो ।
सुनलाई अर्धठोस बनाएर ल्याएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । यसअघि पनि विदेशबाट आएका नागरिकको मलद्धारबाट पटक पटक सुन बरामद भएको थियो ।

















