काभ्रे । प्रधानमन्त्री शेरबहादुर देउवाले नजिकिँदो निर्वाचनलाई भयरहित निष्पक्ष रुपमा सम्पन्न गर्न सबैको साथ अपरिहार्य रहेको बताएका छन् । काभ्रेको तेमाल गाउँपालिका प्रशासकिय भवन उद्घाटन गर्दै देउवाले तेमाल विकासको गतिमा सीमित श्रोत र साधनका बावजूद पनि अगाडि बढेको र वृहत खानेपानी आयोजना काम आगाडी बढिरहेको सुन्दा आफू खुशी भएको बताए । उनले तेमाल विकासको लागि आफूले पनि सकेसम्म चाँडो भकुण्डे पौवा सडक पिचको लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रशासकिय भवन, स्वयम्भू बौद्धको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले कार्यक्रमको सम्वोधनको क्रममा यस्तो बताएका हुन् । नेपाली सेनाको एन ए जिरो अन्ठाउन्न हेलिकप्टर मार्फत शनिबार २ बजे तेमाल पुगेका देउवा एक घण्टा मात्रै कार्यक्रममा बसेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ७ का ज्ञानबहादुर तामाङ तेमाल गाउँपालिकाले पहिलो पटक प्रधानमन्त्रीलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

गाउँपालिकाले प्रधानमन्त्री सामू आफ्नो कार्यकालमा भवन, विद्युत सडकको र भूकम्पको पुनःनिर्माणको काम समेत गर्नु परेको र जनताको स्वास्थ्यमा कोभिड खोप लगाएको बताउँदै बाटोको लागि बजेट माग गरेका थिए । तेमाल पर्यटनको लागि पनि राम्रो भएको भन्दै स्थानिय सरकारले जग हालेको र जनताको मर्म बुझेर आगाडी बढी रहेको बताए । कार्यक्रमका उद्घाटन पानसमा दीपप्रज्वलीत गरी प्रधानमन्त्री देउवाले गरेका थिए ।


नव निर्मित प्रशासकिय भवन अवलोकन गर्दै देउवाले बौद्ध स्वय्भूनाथको पनि उद्घाटन गरिएको थियो । कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह लामाले प्रधानमन्त्री सम्मान व्यक्त गर्दै तेमाल इतिहास बारे गुरू पद्म सम्बवको जन्म स्थलमा ६ हजार छ सय घरधुरी र २३ हजार जनसंख्यामध्ये बाहुल्य तामाङ रहेको भन्दै पर्यटन विकास र तेमाल गाउँपालिकाले पाँच वर्षे कार्यकालमा पूर्वाधारमा सडक विद्युत शिक्षा र खानेपानीको काम पनि भइरहेको जानकारी गराए ।



अध्यक्ष लामाले प्रधानमन्त्री देउवालाई सामाजिक सुरक्षा भत्ता पनि सुलभ बनाउँदै आएको र आफूले बोलेको केही काम अझै बाँकी भएको जानकारी गराए । तेमालमा अझै धेरै काम गर्न बाकी रहेको तेमाल रेन्जेन् दोर्जे मेच्छे सडक र बौद्ध विश्व विद्यालय पनि बनाउनु पर्ने ८० प्रतिशत तामाङ जनसंख्या भएको भन्दै स्मरण गराए ।
उनले बोहोरे दोभान ठूलो पर्सेल सडक को स्तरोन्नति गर्नु पर्ने लगायत जनताका लागि धेरै काम गर्न बाकी रहेको बताए । यस्तै बुद्ध चित्त माला पनि तेमालको आर्थिक सुधारको बाटो बनेको उनले जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य सूर्यमान दोङले तेमालमा यस अघि राष्ट्रपति आएको उल्लेख गर्दै आउने चुनाव संघीयताको पक्षमा तेमाललाई चेतनाको केन्द्र बनाउन चुनाव आबस्यक रहेको भन्दै कार्यक्रममा शुभकामना दिए ।

उनले गठबन्धनको सरकार स्थानियदेखि केन्द्रीय संघको चुनावसम्मसँगै जानुपर्ने बताए । उनले त्यसका लागि सहकार्य जरुरी रहेको र त्यसलाई प्रम देउबा त्यसको नेतृत्व गर्न सक्षम रहेको बताए । उनले तेमालमा खानेपानी समस्या उठाउदा केहीले आफूलाई पागलको सज्ञा दिएको स्मरण गराउँदै त्यसैको जगमा आज तेमाल विकास भएको दावी गरे ।


















