काठमाडाैं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ युट्युबमा सार्वजनिक भएकाे २४ घन्टा पनि नबित्दै विवादमा मुछिएकाे थियाे । उनीमाथि सत्तारूढ माओवादी केन्द्रका नेताहरू खनिए ।
१६ मिनेट २५ सेकेन्ड लामाे भिडियाेमा दशवर्षे जनयुद्ध लडेका लडाकुहरूकाे सपना पूरा नभएकाे र जीवन अस्तव्यस्त भएकाे देखाइएकाे छ । आखिर युद्धले हामीलाई के दियाे भन्ने विषयवस्तुमा भिडियाे केन्द्रित छ।
भिडियाेमा पूर्वलडाकु याैन व्यवसायमा लागेकाे देखाइएकाे छ । यसैलाई लिएर माओवादी केन्द्रका नेताहरूमा असन्तुष्टि बढेकाे हाे । यस विषयमा माओवादीका नेतामा मात्र नभई अन्य सर्वसाधारणमा पनि आपत्ति रहेकाे देख्न सकिन्छ । विवादमा परे पनि गीतले भने नयाँ कीर्तिमान कायम गर्न सफल भएकाे छ।
सात दिनमै पीरकाे म्युजिक भिडियाे एक कराेडले हेरिसकेका छन् । गीत फागुन २७ गते सार्वजनिक गरिएकाे थियाे । एक सातामै १ कराेड पटक हेरिएकाे याे नेपालकाे पहिलाे म्युजिक भिडियाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !