सिराहा । सिरहाको धनगढी नगरपालिका वडा नम्बर – ११ स्थित आँप चोकबाट इटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रहमदेव यादव रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
एसपी तिमिल्सिनाका अनुसार उनको साथबाट पेस्तोल, सोमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिनसमेत बरामद भएकोक छ । जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको सन्युक्त प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा यादवलाई पक्राउ गरेको हो ।
यादवमाथि प्रहरीले आवश्यक कारबाही अगाडी बढाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !