Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

के रुसले युक्रेनमाथि आणविक आक्रमण गर्न सक्छ?


के रुसले युक्रेनमाथि आणविक आक्रमण गर्न सक्छ?

एजेन्सी । युक्रेनमा आक्रमण गरे लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको आणविक हतियार तैनाथ गर्न आदेश दिएका थिए।

पुटिनको यस भनाइले रुसले आफूसँग भएको सीमित आणविक हतियार वा ‘सामरिक आणविक हतियार प्रयोग गर्न सक्ने खतरा उत्पन्न भएको छ। यसको अर्थ आणविक युद्ध त हुने छैन, तर आफैमा यो एउटा महत्वपूर्ण घटनाक्रम भने हो।

सामरिक आणविक हतियार के हो त?

सामरिक आणविक हतियारहरु यस्ता आणविक हतियारहरु हुन जसलाई सीमित वा निश्चित क्षेत्रमा प्रयोग गर्न सकिन्छ। यी रणनीतिक (स्ट्रेटेजिक) हतियारभन्दा फरक हुन्छन्। शीत युद्धका बेला, दुई महाशक्ति राष्ट्र अमेरिका र रुसले एक अर्कालाई लामो दूरीबाट प्रहार गर्न सक्ने परमाणु बम थिए।

यद्यपी सामरिक हतियारको श्रेणीमा यस्ता कैयौं प्रकारका हतियारहरु छन् जसलाई युद्ध मैदानमा प्रयोग गर्न सकिन्छ। यसमा स–साना बम र मिसाइलहरु पनि समावेश हुन्छन्।

रुससँग के कस्ता सामरिक आणविक हतियारहरु छन्?

रुससँग २ हजारसम्म सामरिक आणविक हतियारहरु हुनसक्ने अनुमान गरिएको छ। यसमा विभिन्न किसिमका मिसाइलहरु र यीमध्ये धेरै संख्यामा परम्परागत विस्फोटक पदार्थ बोक्ने मिसाइलहरु छन्। यीनलाई युद्ध मैदानमा तोपको गोली जस्तै पड्काउन सकिन्छ। यी हतियारलाई लडाकु विमान र युद्धपोतबाट पनि प्रक्षेपण गर्ने गरी डिजाइन गरिएको छ।

उदाहरणका लागि कुनै पनि पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ‘टार्पेडो’। यी रणनीतिक आणविक हतियार रुसको हतियार भण्डारमा रहेको विश्वास गरिएको छ र अहिले यसलाई युद्द मैदानमा तैनाथ गरिएको छैन।

तर पनि रुस रणनीतिक आणविक हतियारको बदलामा सामरिक आणविक हतियार प्रयोग गर्न धेरै इच्छुक हुन सक्छ। यो एउटा गहिरो चिन्ताको बिषय बनेको छ। चाथम हाउस थिंकट्ङकको अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रमकी प्रमुख डा. प्याट्रिसिया लुइस भन्छिन्, ‘उनीहरुले यसलाई ठूलो आणविक थ्रेसहोल्डको रुपमा हेर्दैनन्, तर उनीहरु यसलाई परम्परागत सेनाको एउटा भागको रुपमा हेर्छन्। फरक/फरक सामरिक आणविक हतियारको क्षमता र आकार फरक/फरक किसिमको हुन्छ। सबैभन्दा सानो एक किलोटन (एक हजार टन टीएनटी विस्फोटक बराबर) वा यो भन्दा कम क्षमताको हुन सक्छ जबकि सबैभन्दा ठूला सामरिक आणविक हतियार एक सय किलोटनसम्मको पनि हुन सक्छ।

यद्यपी यस्ता आणविक हतियारको प्रभाव परिस्थितीमा निर्भर गर्छ। उदाहरणका लागि त्यो हतियार जमिनभन्दा कति माथि विस्फोट भयो, हतियारको आकार कत्रो थियो र स्थानीय वातावरण कस्तो थियो। जापानको हिरोशिमामा खसालिएको परमाणु हतियारको क्षति हेर्दा पनि यस्ता हतियारको क्षमता आंकलन गर्न सकिन्छ। त्यतिबेला हिरोशिमामा १५ किलोटनको परमाणु बम खसालिएको थियो। जसबाट १ लाख ४६ हजारभन्दा धेरै मानिसको ज्यान गएको थियो। रुससँग सबैभन्दा ठूलो रणनीतिक आणविक हतियारको क्षमता ८ सय किलोटनसम्म रहेको मानिएको छ। 

(रुसी सेनाले परम्पराष्त तोपखानाबाट रणनीतिक आणविक हतियार पनि प्रहार गर्न सक्छ)

के पुटिनको भनाइ चिन्ताको बिषय हो?

राष्ट्रपति पुटिनले आफ्नो देशका आणविक हतियारहरुबारे पटक/पटक उल्लेख गर्दै आइरहेका छन्। उनी डरको वातावरण सिर्जना गर्न चाहन्छन् भन्ने यसको संकेत हो।

अमेरिकी गुप्तचर अधिकारीहरुले यसलाई आणविक युद्दको तयारी गर्ने बाटोको रुपमा नभई पश्चिमाहरुलाई युक्रेननमा थप हस्तक्षेप नगर्ने संकेत दिन खोजिएको रुपमा लिएका छन्। तर अन्य विश्लेषकहरुको चिन्ता आणविक युद्द असम्भव भए पनि रुसले केही विशेष परिस्थितीमा युक्रेनमा मात्र सीमित क्षमता भएका रणनीतिक आवणिक हतियार प्रयोग गर्ने विचार गरिरहेको हुन सक्छ।

हार्वर्ड केनेडी स्कूलको वेलफेर सेन्टर फर साइन्स एण्ड इन्टरनेशनल अफेयर्सकी आणविक विशेषज्ञ डा. मारियाना बुर्नेले ट्वीटमा भनेकी छिन्, ‘पुटिन सन्तुलित–असंतुलित संसारमा सहज छन् जहाँ पश्चिमी देशहरु उनको आवणिक धम्कीबाट डराउँछन्। मानौं नेटोको अरबौं डलर बराबरको कार्यक्रम कागजी बाघ बाहेक केही होइन।’

अमेरिकी गुप्तचर अधिकारीहरुले नाटोसँगको द्वन्द्वको अवस्थामा रुसको एउटा मात्र नीति छ त्यो भनेको ‘एस्केलेट टु डि–एस्केलेट’ अर्थात ‘तनाव कम गर्न तनाव बढाउ भन्ने नीति रहेको विश्वास गर्छन्। यस नीति अन्तर्गत रुसले केही नाटकीय काम गर्नेछ, जस्तै युद्द मैदानमा रणनीतिक आणविक हतियारको प्रयोग, वा ठूलो प्रदर्शन वा त्यसो गर्ने धम्की। यसो गर्दा रुसले अर्को पक्षलाई पछि हट्न डराउन सक्छ।

यदि पुटिनले युक्रेनमा आफ्नो रणनीति असफल भएको महसुस गरे भने, यस्तो अवस्थामा उनले स्थिति परिवर्तन गर्न रणनीतिक हतियार पनि प्रयोग गर्न सक्ने देखिन्छ। तिनीहरुले हारबाट बच्न वा गतिरोध अन्त्य गर्न पनि यो गर्न सक्छन्। यद्यपी यसो गर्नका लागि रुस वा युक्रेनमा स्थिति अझ खराब हुनुपर्छ। वाशिंगटन डीसीमा अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी एन्डाउमेन्टका आणविक विशेषज्ञ जेम्स एक्टन भन्छन्, ‘मलाई चिन्ता छ कि पुटिनले ती परिस्थितीहरुमा परमाणु हतियार प्रयोग गर्न सक्छन्। उनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने संभावना बढी छ। यस्तो गरेर मानिसहरुलाई डराउन दिएर आफ्नो लागि बाटो खोल्ने छन्। यद्यपी अहिलेसम्म त्यो स्थितिमा पुगेका छैनौं।’

यसैगरी किंग्स कलेज लन्डनका आणविक विशेषज्ञ डा. हेदर विलियम्स भन्छन्, ‘एउटा समस्या यो हो की युक्रेनमा पुटिनको जित के हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। यस्तो अवस्थामा रुसले युक्रेनमा कुन अवस्थामा आणविक हतियार प्रयोग गर्ने भन्ने पनि स्पष्ट छैन।’।҆  

रुसका लागि के छ त खतरा?

पुटिनले युक्रेन रुसको हिस्सा भएको दाबी गरेकाले आफ्नै माटोमा परमाणु बम प्रयोग गर्नु अनौठो हुन सक्छ। प्याट्रिसिया लुइसले रुस युक्रेनको छिमेकी राष्ट्र भएकाले आणविक हतियारको प्रभाव सीमापारी पनि हुन सक्ने बताइन्।

अहिलेसम्म दोस्रो विश्वयुद्धमा मात्र आणविक हतियारको प्रयोग भएको छ। त्यतिबेला अमेरिकाले जापानका सहरहरुमा परमाणु बम खसालेको थियो। प्रश्न यो पनि छ कि के पुटिन परमाणु हतियारको प्रयोग पुनः सुरु गर्ने विश्व नेता बन्न चाहन्छन् त?

केही विश्लेषकहरुका अनुसार पुटिन अहिले त्यति काम गर्न इच्छुक छन् जुन काम उनले गर्न सक्दैनन् भनेर अरुले विश्वास गरेका छन्। चाहे त्यो युक्रेनमाथिको आक्रमण होस वा सेल्सबरीमा नर्भ एजेन्टको प्रयोग। यसैबीच डा. विलियम्स भन्छन्, ‘कि रुसले परमाणु हतियार प्रयोग नगर्नुको अर्को कारण चीन पनि हुन सक्छ।’

उनले भने, ‘रुस चीनको सहयोगमा निर्भर छ, तर चीनले पहिले आणविक हतियार प्रयोग नगर्ने नीति अंगिकार गर्छ। यदि पुटिनले रणनीतिक आणविक हतियार प्रयोग गरे भने चीनलाई उनको साथ दिन मुश्किल पर्नेछ। यस्तो अवस्थामा पुटिनले आणविक हतियार चलाए भने चीनको समर्थन गुमाउन सक्छन्।’

के आणविक युद्द हुन्छ त?

सामरिक आणविक हतियारको  प्रयोगले परिस्थिति कता पुग्छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन। यसले तनाव बढाउन सक्छ र पुटिनले यी हतियारको प्रयोग नगर्न पनि सक्छन। यस्तो अवस्थामा कुनै पनि त्रृटि महँगो साबित हुनसक्छ। ट्रिसिया लुइस भन्छिन्, ‘उनीहरुले कल्पना गरिरहेका हुन सक्छन् कि सबै झुक्नेछन्, तर यो यस्तो हुनेछ कि नेटो प्रतिक्रिया दिन अगाडी आउनुपर्छ।’

अमेरिकाले स्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ। रुसको आणविक गतिविधिमाथि निगरानी राख्न अमेरिकासँग व्यापक खुपिया नेटवर्क छ। उदाहरणका लागि रुसले रणनीतिक आणविक हतियार भण्डारणबाट निकालेको/ननिकालेको भन्नेबारे अमेरिकाले थाहा पाउनेछ। यसबाहेक, यदि रकेट प्रक्षेपण साइटमा कुनै परिवर्तन भयो भने त्यो पनि अमेरिकालाई थाहा हुनेछ।

अमेरिकी गुप्तचर अधिकारीहरुले अझै चिन्ता गर्नुपर्ने अवस्था नदेखिएको बताएका छन्। रुसबाट आणविक आक्रमणको धम्की आएमा अमेरिका र नाटोले कस्तो प्रतिक्रिया दिन्छन भन्ने कुरा कल्पना गर्न गाह्रो छ।

‘पुटिन परिस्थितिलाई थप जटिल बनाउन चाहैनन र पूर्ण आणविक युद्ध चाहँदैनन्, तर उनी रेखा कोर्न चाहन्छन्। यसको मतलब यो हो कि पश्चिमले यस्ता अवस्थामा परम्परागत रुपमा कडा जवाफ दिनेछ, तर यदि यो भयो भने, रुसले के गर्नेछ?,’ जेम्स एक्टनले भने, ‘एकपटक तपाईले आणविकआक्रामणको थ्रेसहोल्ड पार गर्नुभयो भने त्यहाँ रोक्नका लागि कुनै ठाउँ हुने छैन।  

(बीबीसी न्यूजका सुरक्षा संवाददाता गोर्डन कोरेराको यही चैत २ गते प्रकाशित रिपोर्टको सम्पादित अंश)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh