लहान । नेपाली कांग्रेस सिरहा क्षेत्र-१ का क्षेत्र सभापति महेश प्रसाद चौधरीको नेतृत्व तथा पहलमा विहिवार होली मिलन कार्यक्रमको आयोजना गरिएको छ ।
लहान स्थिति एपोलो बोर्डिङ्ग स्कुलमा गरिएको कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदानका साथै पार्टी प्रवेश कार्यक्रम पनि गरिएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा जसपाबाट लहान – ७ का निर्वाचित वडा सदस्य रामबाबु महतो , एमलेका वडा सदस्यका प्रत्यासी उम्मेदवार प्रमिला देवी विश्वकर्मा , स्थानीय रेखा विश्वकर्मा , राजा ठाकुर लगायत ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेको हो ।
करिब हजारौं जनाको सहभागीता रहेको कार्यक्रममा सभापति चौधरीले एमसिसिको भ्रम चिर्न प्रशिक्षण दिईएको थियो ।
उपस्थित नेता, कार्यकर्ता र सर्व-साधारणलाई एमसिसीका विषयमा जानकारी दिई काँग्रेसका उम्मेदवारलाई अबको निर्वाचनमा मतदान गर्न चौधरीले सबैलाई आग्रह गरेका थिए ।

नेपाली काङ्ग्रेसका सिरहाका जिल्ला उपसभापति सुनिल महतो , नेता विकास शारडा लगायतका नेताहरुको रोहवरमा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नव प्रवेशीहरुलाई क्षेत्र समिति द्वारा स्वागत तथा धन्यवाद ज्ञापन गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !