धरान । युएइमा नेपाली दूतावास र राजदुतको फेसबुकमा आलोचना गर्दा पत्रकार उमाकान्त पाण्डे जेल परेको घट्ना लगत्तै कतार स्थित नेपाली राजदुतावासले सामाजिक सञ्जालको प्रयोगमा वैदेशीक रोजगारमा रहेकाहरुले सावधानी अपनाउनु पर्ने सचेतना कार्यक्रम आयोजना गरेको त्यहाँ कार्यरत लक्ष्मी दर्नालले जानकारी दिएकी छन् ।

नेपाल पत्रकार महासंघ कतारको समन्वयमा नेपाली राजदूतावास र गैर आवासीय नेपाली संघ परिसदले संयुक्त रुपमा गएको शुक्रवार अन्तरकृयात्म सचेतना गाष्ठि गरेको हो । कार्यक्रममा कतारका लागि नेपालका राजदुत लक्ष्मण खनालले सामाजिक संजाल फेस्बुक, टिक टक, इन्सटा लगायत चलाउँदा सावधानी अपनाउनु पर्ने आग्रह गर्दै भने ‘हामीले गरेका मनोरञ्जनका कुराले यहाँको बाताबरणमा असर पर्नु हुँदैन् ।’
उनले रोजगारदाता मुलुकको कानुन उल्लंघन हुने कार्य सामाजिक सञ्जाल मार्फत भएपमा कानुनी कार्वाही हुनु स्वभाविक भएको बताउँदै सामाजिक संजाल चलाउदा नियम बिपरित कार्य गर्नेलाई हुने कानुनी कार्बाही हुने कुरामा सबै सचेत रहन आग्रह गरे ।
राजदूतावासका प्रबिन भट्टराईले सामाजिक संजाललाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार सामाजिक संजाल चलाउने क्रममा कतारमा विकृति बढेको उल्लेख गर्दै त्यसलाई न्युनिकरण गर्न दुतावासले एउटा टिम बनाएर अनुगमन गरिनुपर्ने सुझाव दिए । कार्यक्रम मोहम्मद मुक्तदाको अध्यक्षतामा भएको थियो । संचालन भने पदम गिरिले गरेका थिए ।
यसअघि युएईस्थित नेपाली दूतावास र राजदुतको फेसबुकमा आलोचना गरेका कारण पत्रकार उमाकान्त पाण्डे लाई त्यहाँको अदालतले ३ महिना जेल सजायर झण्डै ८ लाख नेपाली रुपैयाँ (२० हजार दिराम) जरिवाना गर्ने फैसला सुनाएको थियो । पत्रकार पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले दबाब बढाएको छ ।
फेसबुकमा आलोचना गरेको भन्दै पत्रकारलाई यस्तो सजाय भएपछि थप सशक्त दबाब बढाएको पत्रकार महासंघले जनाएको छ । महासंघले पत्रकार पाण्डे हिरासतमा परेदेखि परराष्ट्र मन्त्रालय, युएईस्थित नेपाली दूतावास लगायतसँग निरन्तर रिहाइका लागि अपिल गर्दै आएको महासचिव रोशन पुरीले जानकारी दिएका छन् ।
गत जनवरीमा नेपालमै हुँदा पत्रकार पाण्डेले युएईस्थित नेपाली दूतावासका क्रियाकलापबारे फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्ट्याटसका कारण रुष्ट दूतावासका कर्मचारीले दुबई प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा पाण्डेलाई गत फागुन ३ गते प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई अबुधावीस्थित अल वाथ्बा जेलमा राखिएको थियो ।

















