काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीहरु एआईजी बढुवामा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु धिरजप्रताप सिंह , रविन्द्र धानुक र वसन्तकुमार पन्तलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ । यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।
एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । पन्त आईजीपीकै ब्याची हुन । उनकी आईजीपीसँगै अवकाशमा जानेछन् ।
आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन् ।

आईजीपीका ब्याची एआईजीहरु अवकाशमा जाने भएपछि प्रहरीको भावि नेतृत्वका लागि एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापासंगै नयाँ थपिएका एआईजीबीच प्रतिस्प्रर्धा हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !