बुटवल । गृहमन्त्री बालकृष्ण खांणलाई जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा कालो झण्डा देखाएका छन् ।शनिबार लुम्बिनीमा अस्पताल शिलान्याश गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा रुपन्देहीको धकधई बजार नजिकै गृहमन्त्रीलाई जनमत पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउनेहरुलाई प्रहरीले रोकेको तर कसैलाई पक्राउ नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आन्दोलनका माग सम्बोधन नगरेको, स्थानीय निर्वाचनमा दलीय चुनाव चिह्नमा सिण्डिकेट लादेको लगायतका ११ बुँदे मागका विषयमा सरकारले बेवास्ता गरेको विरोधमा कालोझण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।

















