काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले दैनिक सुनको आयात घटाउने निर्णय केहिसमयका लागि मात्र भएको बताएका छन् ।

काठमाडौं सुनचाँदी व्यवसायी संघको १९ औ साधारणसभाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको विषम परिस्थीतिका कारण मात्रै सुन आयातलाई २० किलोबाट १० किलोमा सिमित गरिएको भन्दै केहि समयपछि पुन पहिलेजस्तै सुन आयात गर्न सकिने व्यवस्था गर्न पहलकदली लिने बताएका हुन् ।

उनले सुनचाँदी व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लािग पनि सरकार प्रतिवद्ध रहेको धारणा राखे । मन्त्री श्रेष्ठले सुनचाँदी व्यवसायीको शान्ति सुरक्षामा सरकारको ध्यान गएको उल्लेख गरे ।
कार्यक्रममा संघका अध्यक्ष सुरेश शाक्यले सुनको आयात घटाउदा सर्वसाधारणको माग बमोजिमको व्यवस्था गर्न नसकिएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !