सप्तरी ।सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ५ स्थित टिकुलियाबाट फागुन २५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित उदयपुर जिल्लाको चौडण्डिगढी नगरपालिका ३ बस्ने सौरभ राईलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज राईलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी बरसाईनबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनकोे साथमा लिजेसिक ७ एम्पुल, डाईजेपाम इन्जेक्सन ७ एम्पुल, फेनारागन
इन्जेक्सन ७ एम्पुल र स्पास्मो प्रोक्सिभन ट्याब्लेट ५ वटा फेला पारेको हो ।
पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाटफागुन २६ गते सशस्त्र प्रहरीले करीव १५ के.जी. गाँजा बरामद गरेको छ ।
लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी सखुवाबाटखटिएको सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

















