धुनुषा। नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् ।दोस्रो चरणमा भएको मतदानबाट नेता विमलेन्द्र निकट पजियार सभापतिमा निर्वाचित भएका हुन् ।

उनी क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत हुन् ।पजियार १७३५ मतका साथ विजय भए भने अर्का उम्मेदवार संतोष यादवले १०४६ मत पाए ।
पजियारलाई पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका दिनेश प्रसैलाले समर्थन गरेका थिए ।

















